Sorry, that menu does not exist.
 

बुर्तिवाङमा सन्चालित नि:शुल्क आँखा शिविर आज समापन हुँदै, १५ सय बिरामीहरु लाभान्वित !

योगेन्द्र विश्वकर्मा, बुर्तिवाङ २०७५ फागुन १२ । बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्दमा गत फागुन १० गतेदेखी जारी निःशुल्क आँखा उपचार तथा मोतिविन्दुको अपरेशन शिविर आज समापन हुँदैछ ।

शिविरको पहिलो दिनमै ५ सय ५० जना आँखाका बिरामीहरुले उपचार लिएका थिए भने दोश्रो दिन ४ सय २४ जना गरी दुई दिनमा ९ सय ७४ जना आँखाका बिरामीहरु शिविरबाट लाभान्वित भएका छन् । आँखाका रोगीहरुको चेकजाँज पछि आवश्यक औषधी तथा चस्मा वितरण गरिएको छ ।

शिविरको अन्तिम दिन बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा आँखा उपचारमा आएका बिरामीहरुको चापलाई हेर्दा ५ सय जनाको संख्या पुग्ने अनुमान गरिएको छ ।

बागलुङको ढोरपाटन सहित बडीगाड, निसी र तमानखोला लगायत आसपासका क्षेत्रका नागरिकहरु शिवारबाट लाभ लिईरहेको आयोजकहरुले जनाएका छन् ।

शिविरमा हिमालय आँखा अस्पताल पोखराका आँखा रोग विशेषज्ञ डा. हरिमायाँ गुरुङ सहितको विशेषज्ञ डाक्टरहरुव्दारा चेकजाँज तथा उपचार भैरहेको मेडिकल अधिकृत डा कृष्णहरि श्रेष्ठले ईबागलुङलाई बताए ।

शिविरको पहिलो दिनमा आँखा चेकजाँच गराउन आएका ५ सय ५० बिरामीहरुमध्य आँखामा मोतीबिन्दु भएका ५० जना बिरामीहरु फेलापरेको र उनिहरुको हिँजो शनिवार शल्यक्रिया गर्न सुरु गरिएको मेडिकल अधिकृत डा श्रेष्ठले जानकारी दिए । डा. श्रेष्ठका अनुसार आज मोति बिन्दुको शल्यक्रिया गरेका विरामीहरुको भोलि आँखाको पट्टी खोलि त्यस्को फलोअप गरिने छ ।

मेडिकल अधिकृत डा कृष्णहरि श्रेष्ठसंगको कुराकानी ।

आँखाका बिरामीहरुको चापलाई मध्यनजर गरेर शिविर एक दिन बढाउन सकिन्छ कि ? भन्ने प्रश्नमा डा. श्रेष्ठ तथा हिमालय आँखा अस्पतालका शिविर संयोजक नेपालले एक हजारको हाराहारीमा आँखाको विरामीहरु आउने विश्वास गरिएकोमा दुई दिनमै एक हजार संख्यामा विरामीहरु आएको बताउदै शिविर एक दिन बढाउन समस्या भएको जानकारी दिएका छन् । अन्य स्थानहरुमा आँखा शिविर सन्चालन गर्ने कार्यक्रमहरु निश्चित भैसकेकाले यहाँ शिविरको समय थप गर्न समस्या पर्ने उनिहरुको भनाई छ ।

हिमालय आँखा अस्पतालका शिविर संयोजक सुवास नेपालसगको कुराकानी ।

ढोरपाटन नगरपालिकाको आर्थिक सहयोग तथा स्थानिय व्यवस्थापन, हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा सञ्चालित निःशुल्क आखाँ शिविरका लागि स्वयं सेवक व्यवस्थापन, बिरामीहरुका लागि खानपिन र आवासको व्यवस्थापन, समन्वय र बिरामीको बसाई व्यवस्थापन लगायतका सम्पुर्ण कार्य जिम्मेवारी पूर्ण तरिकाले सम्पन्न भैरहेको छ ।

यस अघिका शिविरमा नाम दर्ता तथा टिकट बापतको शूल्क लिइदै आएकोमा यस पटक भने पूर्ण रुपमा निःशुल्क गरिएको छ ।

शुक्रबार देखी बुर्तिबाङमा सञ्चालन हुने ३ दिने निःशुल्क आँखा शिविरको सम्पूर्ण तयारी पुरा !

बुर्तिबाङमा शुरु भएको निःशुल्क आँखा शिविरमा पहिलो दिन ५ सय भन्दा बढिले सेवा लिए

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply