Sorry, that menu does not exist.
 

छिस्ती जीप दुर्घटनाका घाईतेहरुको उपचारमा आर्थिक अभाव : चितवनमा रू ६० हजार संकलन !

केदार शर्मा, चितवन २०७५ फागुन १२ । गत फागुन ७ गते सडक दुर्घटनामा परि घाईते भएका छिस्तीका ५ जना घाईतेहरुको उपचारको लागि आर्थिक समस्या भएको छ । फागुन ७ गते जैमिनी नगरपालिका वडा नम्बर ८ मा रहेको जनकल्याण माध्यमिक बिद्यालयको बार्षिक उत्सब हेरेर घर जाने क्रममा भएको जीप दुर्घनामा ४ जनाको ज्यानै गएको थियो ।

बिद्यार्थी र अविभाबक बोकेर गएको जीप दुर्घटनामा परि घाईते भएको ९ जना मध्य ४ जनाको धौलागिरी अञ्चल अस्पतालको उपचार पछि घर फर्केको भएपनि बाँकी ५ जानको अबस्था जटिल रहे पछि पोखरा स्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भईरहेको स्थानीय गंगा बहादुर पुनले बताए । पुनका अनुसार संगम श्रीस, पुजा पुन, समझना पुन, धना श्रीस र बिष्णु श्रीसको मणिपालामा उपचार भई रहेको छ । अस्पतालमा उपचार भईरहेको अबस्था निकै जटिल रहेको कारण उपचारमा ठुलो रकम खर्च हुने भएपछि यतिबेला आर्थिक अभाब भईरहेको हो ।

यसैक्रममा छिस्तबाट चितवन जिल्लाको विभिन्न भागमा बसोबास गर्दै आएका केहि व्यक्तिहरुको सक्रियतामा घाईतेहरुको उपचारमा सहयोग रकम जुटाउन छिस्ती नेपाने हाल गैडाकोट बस्ने गंगाबहादुर पुनको संयोजकत्वमा एक समिति गठन गरेको छ ।

समितिको सदस्यहरुमा अर्जुन सुनार, मानबहादुर केसी, ओमबहादुर पुन, नारायण प्रसाद शर्मा र होम बहादुर पुन रहेका छन् ।
समितिले हालसम्म रु ६० हजार रुपयाँ संकलन गरेको पनि जानकारी दिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply