घनश्याम गौतम, गल्कोट २०७५ फागुन १२ । गल्कोट हटियामा ईलाका प्रशासन कार्यालय स्थापना विषयक अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी नेकपाका गण्डकी प्रदेशका सदस्य फमलाल निउरे, नेपाल कम्युनिष्ट पार्टी नेकपाका गल्कोट संयन्त्र सदस्य चन्द्रदत्त रेग्मी, नेपाली कांग्रेसका फम बहादुर खत्री, राष्ट्रिय जनमोर्चाका टंक केसी, पदम श्रेष्ठ, गल्कोट नगरपालिकाका वडा नं ३ का अध्यक्ष वीरजंग भण्डारी, वडा नं ६ अध्यक्ष नर बहादुर खत्री, वडा नं ७ का अध्यक्ष टिका बहादुर थापा, वडा नं ९ का अध्यक्ष तेज बहादुर थापा, ईलाका प्रहरी कार्यलय हरिचौरका प्रमुख केशवसिँह थापा लगायतले अन्तरक्रिया कार्यक्रममा ईलाका प्रशासन कार्यलयको आबश्यकता र गल्कोटमा ईकाईको स्थापनाको बारेमा जिज्ञासा तथा बिचार ब्यक्त गरेका थिए ।
सर्वदलीय सर्वपक्षीय छलफलमा नेपाल कम्युनिष्ट पार्टी, नेपाली कांग्रेस, राष्ट्रिय जनमोचार्, गल्कोट नगरपालिकाका प्रतिनिधि सुरक्षाकमीर्, पत्रकार लगायतको सहभागिता रहेको थियो ।
गल्कोट नगरपालिका र ताराखोला गाउँपालिकालाई कार्यक्षेत्रको रुपमा नेपाली नागरिकता, राहदानी र मालपोत कार्यालयको ईकाई स्थापना गर्न गल्कोट नगरपालिका र ताराखोला गाँउपालिका सगं छलफल गर्न ७ सदस्यीय समितिको गठन गरिएको छ ।
नेकपाका गण्डकी प्रदेश सयन्त्र सदस्य फमलाल निउरे सयोजक रहेको सर्बदलीय समितिको सचिबमा नेपालीका कांग्रेसका जिल्ला सदस्य फम खत्री रहेका छन् । समितिको सदस्यमा ज्ञामनाथ गैरे, यम बहादुर श्रीस, चन्द्रदत्त रेग्मी, टंक बहादुर केसी, पदम श्रेष्ठ रहनुभएको छ । छलफल तथा अन्तरक्रिया कार्यक्रम पुर्व सभासद क्या प्ुर्ण बहादु्र रानाको अध्यक्षता र नेपाल कम्युनिष्ट पार्टी नेकपाका गलकोट संयन्त्र सदस्य चन्द्रदत्त रेग्मीको सञ्चालनमा सम्पन्न भएको थियो ।