पूर्णभद्र निउरे, ताराखोला २०७५ फागुन १२ । ताराखोला गाउँपालिकाको प्रथम पञ्च बर्षिय आबधिक योजना निर्माण सम्बन्धि गोष्ठी तथा अन्तरक्रिया कार्यक्रम आज सम्पन्न भएको छ ।
ताराखोला गाउँपालिकालाई आर्थिक बर्ष ०७५र७६ देखि आ ब ०८०र८१ सम्ममा विभिन्न क्षेत्रको बिकासका लागि तत्कालीन तथा दीर्घकालीन योजना निर्माणका लागि पहिलो चरणमा बिषय बिज्ञको उपस्थितीमा सरोकारवालाहरु सङ्ग अन्तरक्रिया गरिएको अध्यक्ष प्रकाश घर्तीले जानकारी दिदै वडास्तर सम्ममा पुगेर विभिन्न चरणमा गरिने छलफल र अन्तरक्रियाले ५ बर्ष भित्रमा ताराखोला गाउपालिकामा बिकासको खाका तयार पार्ने बताए ।
ताराखोला गाउँपालिकाको आयोजना र जियोनेट कनेक्शन प्रा लि पोखराको सहकार्यमा सम्पन्न गोष्ठीमा आबधिक योजनाको परिचय विधि , गाउपालिकाको अपेक्षा , योजनाको दीर्घकालीन प्रारुप तथा क्षेत्रगत बिकास आदिका बारेमा व्यापक छलफल तथा अन्तरक्रिया गरिएको थियो ।
कार्यक्रमको सहजीकरण जियोनेट कनेक्शन प्रा लिका परामर्शदाताहरु भुगोल तथा प्रकृतिक बिज्ञ प्राध्यापक डाक्टर कृष्ण के सी , आर्थिक क्षेत्र बिज्ञ प्राध्यापक डा लेखनाथ आचार्य ,सामाजिक क्षेत्रका बिज्ञ सहप्राध्यापक शेखरनाथ अधिकारी ,पूर्वाधार बिज्ञ सह प्राध्यापक नरेश पौडेलले गरेका थिए ।
कार्यक्रम मा ने क पाका प्रतिनिधि मुकेश रोका, नेपाली काङ्ग्रेसका प्रतिनिधि डण्डपानी कडेल, राष्ट्रिय जनमोर्चाका प्रतिनिधि तिर्थसिह थापा , ने क पा क्रान्तिकारीका प्रतिनिधि गोबिन्द परियार , प्रजातन्त्र बिकास मा बि का प्रधानाध्यापक भिम बहादुर रोका, गाउँ कार्यपालिकाका सदस्य धन बहादुर बि क लगायतले मन्तव्य राखेका थिए ।
गोष्ठी तथा अन्तरक्रिया कार्यक्रममा गाउँपालिका भित्रका जनप्रतिनिधिहरु, राजनैतिक दलका प्रतिनिधि , स्थानीय बुद्धिजीवी , शिक्षक, महिला ,दलित, युवा,जनजाती लगायका संजालका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।
कार्यक्रम ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीको अध्यक्षता प्रमुख प्रशासकीय अधिकृत तोपलाल भुषालको संचालन र उपाध्यक्ष दिल कुमारी पुन रोकाको स्वागतमा सम्पन्न भएको थियो ।