लोकेन्द्र निरासी, बुर्तिबाङ, २०७५ फागुन १२ । जनसञ्चार सहकारी संस्थाद्धारा सञ्चालित बागलुङ पश्चिमको बुर्तिबाङमा प्रशारण भइरहेको सामुदायिक रेडियो परिवर्तनले विपद व्यवस्थापन कार्याशाला गोष्ठि सम्पन्न गरेको छ ।
सामाजिक उत्तरदायित्व र क्रियाशीलताका लागि रेडियोले विपद जोखिमबाट कसरी जोगिने, विपदमा उद्धार तथा त्यसको विपद व्यवस्थापमा के कस्ता कार्यहरु गर्ने, विपतपछि प्रतिकार्य क्षमता तथा विपतमा परेका रेडियोकर्मी, सहकारी सदस्य तथा आम समुदायमा आफ्नो उपस्थिति सहित उद्धार तथा राहत के कसरी उपलब्ध गराउने भन्ने विषयमा गोष्ठि सञ्चालन भएको हो ।
प्राकृतिक विपद्का समयमा रेडियोकर्मीको भूमिका, सञ्चालन समितिको सामाजिक दायित्व र क्रियाशल्ताका विषयमा रेडियोले एक विपद व्यवस्थापन निर्देशिका तयार पार्ने भएको छ । निर्देशिका तयार पार्न रेडियोका प्रवन्ध निर्देशक लोकेन्द्र सुनारको संयोजकत्वमा तीन सदस्यीय निर्देशिका निर्माण समिति गठन गरिएको छ । जस्को सदस्यमा सञ्चालक समितिका सह सचिव चेतनारायण पौडेल र स्टेशन म्यानेजर राम सुवेदी रहेका छन् ।
यस्तै विपद व्यवस्थापन तर्फ सञ्चालन समितिका अध्यक्ष निमलाल पाण्डेको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको छ । विपदमा उद्धार तथा स्वयंसेवकीय भूमिकामा सल्लाहकार दलबहादुर भण्डारीको संयोजकत्वमा ११ सदस्यीय उद्धार समिति तथा सचिव सहबीन अर्गेजाको संयोजकत्वमा ३ सदस्यीय राहत तथा सहयोग समिति गठन गरिएको छ । सबै समितिहरुमा सहकारी सञ्चालन समिति सदस्य, रेडियोकर्मी तथा सहकारीका कर्मचारीहरुको सहभागिता रहेको छ ।
मानवीय जीवनमा आइपर्ने विपद जोखिम न्यूनिकरण, विपदमा आकष्मिक योजना, योजनाका उद्देश्य, विपद आकस्मिक योजना प्रक्रिया र नियमित अद्यावधिकका लागि जिम्मेवारी वाँडफँड सहित गोष्ठि सम्पन्न भएको हो । गिभ टु एसियाको साझेदारी, सामुदायिक रेडियो प्रशारक संघको सहजीकरण र रेडियो परिवर्तनको आयोजनामा विपद व्यवस्थापन सम्बन्धी कार्याशाला गोष्ठि आयोजना गरिएको हो ।
नेपाल, विपदको आधार सर्वेक्षण अनुसार बहु विपत जोखिमका विश्वका २०औं स्थानमा छ, भुकम्पीय जोखिममा १ सय ९८ मुलुक मध्ये ११ औं स्थान तथा विश्वका २१ शहर मध्ये काठमाण्डौ २१ स्थानमा पर्दछ । जलवायु परिवर्तनका हिसावले हुने विपद जोखिममा नेपाल चौथो स्थानमा छ भने, पानी जन्य विपदको जोखिममा विश्वका ३० औं स्थानमा रहेको छ ।
यस्ता विपद न्यूनिकरण, विपद पुर्व कार्य, पुर्व तयारी, तत्काल उद्धार तथा राहत, पुनः निर्माणका विषयमा रेडियोले आफ्नो भिन्नै निर्देशिका निर्माण गर्ने रेडियोका प्रवन्ध निर्देशक लोकेन्द्र सुनारले बताए । रेडियो स्टेशनको व्यवस्थापन, सूचना सम्प्रेषणबाट आम नागरिक सु—सुचित पार्ने अभियान, विपदपछि उद्धार तथा राहतका लागि समेत योजना बनेको रेडियो सञ्चालन समितिका अध्यक्ष निमलाल पाण्डेले बताए । विपद कोषमा रेडियोले तत्काल १ लाख बढी रकम जम्मागर्ने र त्यसलाई बढाएर लैजाने तथा निर्माण हुने निर्देशिका अनुसार वितरण गरिने अध्यक्ष पाण्डेले बताए । विपद कोषमा अहिले पनि ३० हजार भन्दा बढी वजेट रहेको र त्यसलाई बढाएर लैजाने तथा विपदमा सहयोग गर्ने गरि योजना बनाइने उपाध्यक्ष टीका बहादुर पुनको भनाई छ ।
विपद व्यवस्थापन निर्देशिकामा कर्मचारीको जीवन विमा गर्ने, रेडियो उपकरणको विमा गर्ने, स्टेशनमा अग्नि नियन्त्रक उपकरण, भुकम्प सूचक उपकरण जडान गरिने, विपदमा सबैले देख्ने गरी विपद संकेत घण्टी तथा आपतकालीन वत्तिको व्यवस्था गर्ने, ट्रान्समिटर रहने स्थानमा अत्याधुनिक अर्थिङ गर्ने, स्टुडियोमा प्राथमिक उपचार बक्स व्यवस्था गर्ने, विपद परेको वेला रेडियोले सामुहिक सहयोगको थलोको रुपमा भूमिका निर्वाह गर्ने, परिवार, समुदाय र राज्यबाट विपद व्यवस्थापनमा के कस्ता पुर्व तयारी भएका छन् भन्ने विषयमा बहस तथा सम्वाद कार्यक्रम गर्ने, राहत उद्धार तथा सहयोग कहाँ कुन निकायबाट प्राप्त हुन्छ भन्ने जानाकारी सूचना रेडियोबाट प्रशारण गर्ने, विपदको बेला आवश्यक पर्ने आपतकालीक सेवामा रहेका संघ संस्था समुहको फोन नम्बरहरु प्रशारण गर्ने, विपदमा परेकाहरुलाई उद्धार तथा राहतमा समन्वयकारी भूमिकामा रहने जस्ता योजनाहरु समेटिने रेडियोका स्टेशन म्यानेजर राम सुवेदीले जानाकारी दिए ।