Sorry, that menu does not exist.
 

नेपाल माबि ताराको स्वर्ण महोत्सवमा दानवीरहरुबाट बिद्यालयलाई आर्थिक सहयोग गर्नेक्रम जारी !

खगेन्द्र विश्वकर्मा, ताराखोला २०७५ फागुन १३ । बागलुङ जिल्लाको तारखोला गाउपालिका ४ स्थित नेपाल माध्यमिक विद्यालयको स्वर्ण महोत्सव जारी रहेको छ । यहि फागुन ७ गते देखी सुरु भएको विद्यालयको स्वर्ण महोत्सवको मुलसमारोहको नेकपा अध्यक्ष एव पूवै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फागुन १० गते एक समारोहका वीच उद्घाटन गरेका हुन् ।

विद्यालयले प्राविधिक शिक्षा संचालन कक्षा १२ सम्म निशुल्क शिक्षा संचालन र क्याम्पस संचालन गर्ने लक्ष्यका साथ बिद्यालयको स्वर्ण महोत्सव मनाईरहदा हिँजो फागुन १२ गते सम्ममा बिद्यालयका लागि बिभिन्न दानवीहरुले आर्थिक सहयोग गर्र्न प्रतिवद्धता जनाएका छन् ।

यसैक्रममा ताराखोला गाउपालिकाका अध्यक्ष प्रकाश घर्तीले गाउपालिकाको तर्फबाट २० लाख र घर्ती परिवारवाट ५१ हजार रुपैयाँ विद्यालयको लागि प्रदान गर्ने बताएका छन् । सोहि विद्यालयको कक्षा १० मा अध्ययन गर्ने आफ्नो स्वर्गीय छोराको तस्वीर राख्ने गरि फौद चोखालले रु ४ लाख ५५ हजार दिएका छन् ।

उद्घाटन कार्यक्रम उपस्थित उद्योग बाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकालले रु ५ लाख रकम बिद्यालयलाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । यसैगरी बडीगाड गाउपालिका प्रमुख मेहरसिह पाईजाले गाउपालिकाबाट रु ३ लाख ३ हजार ३ सय ३३ र तमानखोला गाउपालिकाका तर्फबाट अध्यक्ष जोकलाल बुढाले रु १ लाख रुपैया बिद्यालयलाई दिने बचन दिएका छन् । यसै गरि विभिन्न व्यक्तिहरुबाट सक्दो सहयोग प्राप्त भएको विद्यालय परिवारले जनाएको छ ।

स्वर्णमहोत्सव मनाउने निर्णय गरिरहदा अर्थ संकलन गर्ने सुरुवाती अवस्थामा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिवश खत्री पदमले रू १ लाख ५१ हजार, शिक्षक अभिभावक संघका अध्यक्ष धनबहादुर खत्री राजनले रू ६५ हजार १ सय ११ रुपैया र प्रध्यानाध्यापक थम प्रसाद रोकाले ८१ ह्जार रुपयाँ, स्वर्ण महोत्सव मुल समारोह समिति सदस्य नरेश केसीले रू १ लाख भन्दा बढी रकम दिने बाेले कबोल गर्दै पछी पनि रकम थप गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । कार्यक्रम चन्दादातालाई सम्मान गरिदै अगाडि बढेको छ ।

स्वर्णमहोत्सवको भोलिको कार्यक्रममा ढोरपाटन नगरपालिकाका नगरप्रमुख देवकुमार नेपालीको प्रमुख आतिथ्यता रहने आयोजकले जानकारी दिएका छन् । स्वर्ण महोत्सव फागुन १५ गते समापन हुने बताईएको छ ।

अहिले खेलकुद कार्यक्रम तर्फ महिला पुरुष भलिवल चलिरहेको छ भने अन्य कार्यक्रममा सन्चालन भैरहेका छन् भने लोक कलाकारहरुको सांगीतिक प्रस्तुतिे जारी रहेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply