निर्मल पौडेल, पर्वत (कुस्मा) २०७५ फागुन १३ । प्रमुख जिल्ला अधिकारी गरुदत्त ढकाल नेतृत्वको टोलीले कुस्मा वजार भित्र भैरहेकाे सडक विस्तारको काम सोमवार अवलोकन गरेको छ । शहरी विकास मन्त्रालयबाट करिब ७ करोडको लागतमा निमार्ण भैरहेको कुस्मा बजार शिवालय चौक देखी मैत्री चोकसम्म निर्माणाधीन सडकको टोलीले अवलोकन गरेको हो । अवलोकन टोलीमा प्रजिअ ढकाल, सन्चारकर्मीहरु, नेकपाका युवा नेताहरुको सहभागिता रहेको थियो ।
निर्माणधीन सडकको अवलोकन गर्दै प्रजिअ ढकालले सडक निर्माणको काम समयमै सक्नको लागि वातावरण सिर्जना होस भन्ने हेतुले अवलोकन गरेको वताए ।
सो अवसरमा प्रजिअ ढकालले सडक निर्माणले वजार क्षेत्रमा प्रभाव पर्ने देखिएकोले निर्माण कार्यलाई शान्तिपूर्ण रुपमा रातिको समयमा पनि तिव्र रुपमा गर्नुपर्ने वातावरण मिलाउनु पर्ने वताए । सडकको निर्माण कार्य सडक विभागको मापदण्ड अनुसार भए नभएको समेत जानकारी लिनको लागि अवलोकन गरेको भन्दै प्रजिअ ढकालले मापदण्ड विपरीत कार्य गरेको पाइएमा ठेकेदार कम्पनीलाई कडा भन्दा कडा कारवार्ही गर्नेमा प्रशासन पछाडि नहट्ने चेतावनी पनि दिए ।
यता कुस्मा नगरपालिकाका नगर प्रमुख रामचन्द्र जोशीले कुस्माबजारका सडक बिग्रिदा आफु सधै चिन्तीत रहेकोले यसलाई छिटो सक्न र कुस्माबजारलाई सुन्दर र हराभरा बनाउन हरपल खटिरहने बताउदै एकवर्ष भित्र काम सम्पन्न गर्न आग्रह गरेका छन् ।
आयोजनाले स्थानियबासीको समयमै काम सक्नको लागि सहयोग र साथ दिनुपर्ने र बोल्दा एउटा कुरा व्यवहारमा अर्काे कुरा नगर्न आग्रह गरेको छ ।