घनश्याम गौतम, गल्कोट २०७५ फागुन १३ । सडक दुर्घटनामा मृत्यु भएका बस्नेतकी श्रीमतीलाई बोहोराफाँट समाज जापानव्दारा सहयोग हस्तान्तरण गरिएको छ । गत मसिर महिनामा भारतको नयाँ दिल्लीमा सडक दुर्घटनामा परि मृत्यु भएका गल्कोट नगरपालिका वडा नं ७ बस्ने जित बहादुर बस्नेतको श्रीमती पम्फादेवी बस्नेतलाई बोहोराफाँट समाज जापानको नेतृत्वमा संकलित रकम १ लाख ५७ हजार ५ सय रुपैया आज एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको हो ।
सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै गल्कोट नगरपालिका ३ का अध्यक्ष वीरजङ भण्डारीले बोहोराफाँट समाज जापानलाई धन्यवाद दिदै गल्कोटबाट विदेशमा रहेर पनि गलकोट वासीलाई दुःख पर्दा गलकोटबाट विदेशमा रहेका नेपालीहरुले गल्कोटको लागि सहयोग गर्नु सकारात्मक रहेको बताउदै आगामी दिनमा पनि सहयोगको अपेक्षा रहेको बताए ।
बिभिन्न समाजहरुले सहयोग रकम संकलन गरि पीडामा रहेका परिबारलाई हस्तान्तरण गर्नु सराहनीय कुरा हो, भण्डारीले बताए । वडाध्इ.यक्ष भण्डारीले भोलिका दिनमा यस्ता समाजहरु सगं गल्कोट नगरपालिका सहकार्य गरेर अगाडि बढ्न तयार रहेको बताए ।
स्ब. बस्नेत ११ वर्ष पहिले जागिरको शिलशिलामा भारतमा रहँदा सडक दुर्घटनामा परि मृत्यु भएको खबर गत मसिरमा आएपछि बोहोराफाँट समाज जापानले कामको शिलशिलामा जापानमा रहेको बोहोराफाँटका स्थानीयबाट उक्त सहयोग संकलन गरेको समाजका कोेषाध्यक्ष एक बहादुर बोहोराले जनाकारी दिए । बोहोराफाँटबाट बिबाह गरि मल्ममा बस्ने स्बर्गिय बस्नेतकी श्रीमती पम्फादेबी बस्नेतको १ छोरा रहेका छन् ।
पछिल्लो समय वैदेशिक रोजगारीको शिलशिलामा रहेको स्थानियबाट संकलीत रकम यस्ता घटनामा पीडित परिवारलाई थोरै भए पनि राहत हुने भन्दै सहयोग गरिएको समाजका सल्लाहकार कृष्ण खड्काले बताए । कार्यक्रम गल्कोट नगरपालिका वडा नम्वर ३ का वडा अध्यक्ष बीरजंग भण्डारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।