शव्द/चित्र : ब्रह्माकुमारी स्मृति
कुस्मा २०७५ फागुन १४ । ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयले मानवमात्रको कल्याणका लागि राजयोग, सद्विचार, स्वस्थ्य जीवन, शान्ति, सद्भाव, सुखमय जीवन, दुव्र्यसन र कुलतको त्याग, नेतृत्व विकास आदि विषयमा जनचेतनामुलक प्रेरणादायी प्रशिक्षण प्रदान गर्दै आएको छ । समाजमा रहेका विकृति बिसंगतिहरु निर्मुल पार्न यस प्रकारका प्रशिक्षण एवं गोष्ठीहरुमा समाजमा सकारात्मक सोच र विकासको लागी प्रशस्त व्दार खोलेको अनुभूति भैरहेको अवस्थामा ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय (ओमशान्ति) कुस्माको आयोजनामा ‘शान्त मन, आनन्दित जीवन एवं स्वस्थ्य समाजका लागी प्रेरणा र परिवर्तन’ कार्यक्रम सन्चालनमा ल्याएको छ ।
ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयको सभाहलमा जारी प्रशिक्षण कार्यक्रममा अन्तर्राष्ट्रिय प्रशिक्षक ब्रकु रमण भट्टराईले प्रशिक्षण दिई रहेका छन् ।
यहि फागुन १२ गते देखी शुभारम्भ भएको प्रशिक्षण कार्यक्रम विहान, दिउँसो र साँझ दिनमा तीन पटक सन्चालन गरिदै आएको छ । कुस्मा बजारमा सन्चालनमा रहेको शान्त मन, आनन्दित जीवन एवं स्वस्थ्य समाजका लागी प्रेरणा र परिवर्तन कार्यक्रममा लायन्स क्लव अफ पर्वत कुस्मा सिटी, पर्वत जेसिज, पर्वत उद्योग वाणिज्य संघ, बिभिन्न महिला समूह, आमा समुह, बिभिन्न बिद्यालय तथा क्याम्पसका विद्यार्थीहरु तथा प्रहरीहरु समेतको सहभागिता रहेको छ ।
यो कार्यक्रम भोलि फागुन १५ गते देखी फागुन १७ गते तीन दिन सम्म ब्रह्माकुमारी विश्वविद्यालय राजयोग केन्द्र बागलुङमा बिहान ७ बजे देखी ९ बजे सम्म सन्चालन गरिदै छ । कार्यक्रममा सहभागी हुन ओम शान्ति बागलुङले सबैलाई खुल्ला निमन्त्रणा गरेको छ ।