Sorry, that menu does not exist.
 

बागलुङ अमलाचौरमा ग्लोबल आइएमई बैंकको शाखा विस्तार

निर्मल पौडेल बागलुङ २०७५ फागुन १४ । ग्लोबल आइएमई बैंकले आफ्नो १ सय १८ औँ शाखा बागलुङ नगरपालिका वार्ड नम्वर १२ अमलाचौरमा विस्तार गरेको छ । सोमवार एक औपचारीक कार्यक्रमको आयोजना गरी वैँकले आफ्नो शाखा शुभारम्भ गरेको हो । कार्यक्रममा प्रमुख अतिथी तथा वडा नं १२ का वडा अध्यक्ष गुरुदत्त पाठकले ग्लोबल आइएमई बैंकिङबाट ग्रामिण ठाउका बासीन्दाको लागि ठुलो सहयोग पुग्ने र बैंकिङ सुविधाको लागि पहिलाजस्तो सदरमुकाम नै धाउनु पर्ने बाध्यताको समाधान हुने साथै विकासको लागि थप सहयोग पुग्ने बताए ।

कार्यक्रमका अध्यक्ष तथा ग्लोबल आईएमई बैंक लि कुस्मीसेराका शाखा प्रबन्धक प्रकाश शर्माले नेपाल सरकारको हरेक व्यक्ति एक खाताको लक्ष तथा हरेक क्रियाकलाप बैंकिङ माध्यबाट गर्ने निती अनुसार अमलाचौरमा शाखा रहित बैंकिङ सेवा शुरुवात गरिएको बताए । यो सेवावाट एक व्यक्तिले एक दिनमा ५० हजार रुपैँया सम्म पैसा भिmक्न पाउने र १ लाख सम्म जम्मा गर्न पाउने साथै विभिन्न विलहरुको भुक्तानी समेत गर्न पाउने बारेमा जानाकारी दिए ।

कार्यक्रममा जननिर्वाचित वडा प्रतिनिधीहरु, विभिन्न विधालयका शिक्षक तथा विधालय व्यवस्थापन समितीका पदाधिकारीहरु, राजनीतिक दलका प्रतिनिधीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधी, समाजसेवी तथा व्यवसायीहरुको उपस्थीती रहेको थियो ।

यस शाखावाट अनुमानित ७ हजार जनसंख्या साथै १४ सय भन्दा बढी घर धुरीले सेवा पाउने लक्ष्य लिएको छ । वैङ्किङ सुविधा दिनको लागि बा।न।पा १२, अमलाचौर कान्ले निवासी व्यवसायी कृष्ण प्रसाद चापागाईलाई प्रतिनिधीको रुपमा नियुक्ती गरिएको प्रबन्धक शर्माले जानाकारी दिए ।

ग्लोबल आईएमई बैंक लिमिटेड कुस्मीसेराका शाखा प्रबन्धक शर्माको अध्यक्षता तथा बा।न।पा वडा नं १२ का वडा अध्यक्ष पाठकको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न कार्यक्रमको सञ्चालन सञ्चारकर्मी सुजन प्रेमीले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply