Sorry, that menu does not exist.
 

बागलुङमा बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनको तयारी तीब्र !

बागलुङ २०७३ चैत ८ । जिल्ला निर्वाचन कार्यालय बागलुङले आगामी २०७४ साल बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनको तयारी तिब्र बनाएको छ ।
बागलुङ जिल्लाका ४ नगरपालिका र ६ गाउँ पालिकाहरुका विभिन्न पदहरुको लागि हुने निर्वाचनको लागि आवश्यक मतदाता नामावली रुजु तथा प्रमाणित, मतदान केन्द्र निर्धारण लगायतका कामलाई तिब्र रुपमा अगाडी बढाएको कार्यालयले जनाएको छ ।

स्थानीय तहको निर्वाचनको लागि जिल्लामा १ सय ३ वटा मतदान केन्द्रको निर्धारण गरिएको छ । निर्वाचन अधिकारी विकासचन्द्र अधिकारीका अनुसार त्यस मध्ये बागलुङ नगरपालिकाको रामरेखा र नारायास्थान तथा ढोरपाटन नगरपालिकाको बुर्तिवाङमा शारीरिक अपाङ्गता भएका व्यक्तिले सहज रुपमा मतदान गर्न पाउने गरि मतदान स्थल निर्माण गरिने छ । अन्य बाँकी सय मतदान केन्द्रहरु अपाङ्गता भएका मतदाताहरुलाई के कस्तो व्यवस्था गरिएको छ भन्ने निर्वाचन अधिकारी अधिकारीले केहि बताएनन् ।

निर्वाचन सम्पन्न गर्नको लागि जिल्लामा १ हजार जना कर्मचारी परिचालन हुने कार्यालयले जनाएको छ । सुरक्षाकर्मी बाहेक एक बुथमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, नामावली रुजु गर्ने लगायत गरि ५ जना कर्मचारी परिचालन हुनेछन् ।

स्वच्छ तथा विश्वसनीय निर्वाचनको लागि आचार संहिताको अक्षरस पालना गर्नु पर्ने र कुनै पक्षबाट आचार संहिता उल्लंघन भएमा तत्काल उजुरी गर्न कार्यालयले आग्रह गरेको छ । निर्वाचन कार्यालयका अनुसार जिल्लामा १४ राजनितिक दल दर्ता छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply