Sorry, that menu does not exist.
 

बागलुङ चेम्बर अफ कमर्श व्यवसायीक हितमा सक्रिय पुर्वक काम गर्छ–अध्यक्ष कुवँर

छविलाल पाण्डे बागलुङ २०७५ फागुन १७ । बागलुङ चेम्बर अफ कमर्शले बागलुङ जिल्लामा व्यवसायिक हक हितका निम्ती सक्रिय पुर्वक अगाडी बद्ने यस्का अध्यक्ष दोर्णकुमार कुवंरले बताएका छन् ।

बागलुङमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष कुवंरले यस संस्था व्यववसायीको हक हितको लागि सधै तत्पर रहेको बताउँदै जिल्लामा रहेका बैंकहरूले ऋण÷कर्जामा लगाएको चर्र्को ब्याजको समायोजन गर्न, नगरपालिका तथा गाउँपालिकाले लगाएको व्यवसायी कर र घरबहाल कर उच्च रहेकोले तत्काल समायोजन गर्न पहल गर्ने बताए ।

आफनो संस्था व्यवसायीहरुको हक अधिकारका निम्ती व्यवस्थित तवरले अगाडी बद्ने प्रतिबद्धता सहित बागलुङ जिल्लामा पर्ने मध्यपहाडी लोकमार्ग, कालीगण्डकी कोरिडोर, कोरलानाका संचालन, सालझण्डी–ढोरपाटन सडक अर्नाकोट विमानस्थल, बलेवा विमानस्थल, ढोरपाटन क्मिानस्थल, उत्तरगंगा जलाशय लगायतका विषयलाई अगाडि बढाउन सरोकारवाला निकायसँग छलफल चलाउने कमर्शले कार्यक्रम तय गरेको कुवँरले जानकारी गराएका थिए ।

नागरिकको सेवाको लागि केही समय भित्र एम्बुलेन्स सेवा संचालन गर्ने, जिल्लाको पर्यटन, कृषि, उर्जा, क्षेत्रमा लगानी मैत्री वातावरण बनाउन समेत भुमिका खेल्ने उनको भनाई छ ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष दिल शिरीषले चेम्बर अफ कमर्सलाई व्यवसायिक हकहितको पक्षमा काम गरेर देखाउनु पर्ने धारणा राखेका थिए । कार्यक्रम सचिव सन्तोष क्षेत्रीको स्वागत र कमर्शका महासचिव नारायण पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply