Sorry, that menu does not exist.
 

कर्मभूमि फाउण्डेसनद्वारा भुजी माविका विद्यार्थीहरुलाई छात्रबृत्ति वितरण !

टिकाराम भट्टराई, बुर्तिवाङ २०७५ फागुन १८ । कर्मभूमि फाउन्डेसनले शुक्रबार ढोरपाटन नगरपालिका ५ अधिकारीचौर स्थित भुजी माबिमा अध्ययनरत छात्र/छात्रालाई बिभिन्न ७ बिधामा छात्रबृत्ति बितरण गरेको छ ।

गरिब तथा जेहन्दार १ छात्र र १ छात्रालाई विद्यालय पोषाक र अन्य दलित छात्र छात्रा ,जनजाति छात्र छात्रा ,ब्यक्तिगत सरसफाई ,अनुसासन ,खेलकुद उत्कृष्ट ,र बिद्यालय उत्कृष्टमा एक छात्र एक छात्रालाई स्टेशनरी गरि जम्मा १८ जना बिद्यार्थीहरुलाई छात्रबृत्ति वितरण गरिएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा ढोनपा ५ का अध्यक्ष लक्ष्मण पुनले सस्थाको सराहनीय काम गरेकोमा प्रशंसा गर्दै यस्ता कार्यका लागि आफ्नो साथ र सहयोग रहने प्रतिबद्धता ब्यक्त गरेका थिए ।

विद्यालयका प्रअ चुडामणि पौडेलले सराहनीय कार्यका लागि फाउण्डेसनलाई धन्यबाद दिए ।

आजको निम्ति छात्रवृति सौजन्य कर्ता नेपाल लाईफ इन्सुरेन्स बुर्तिबाङ शाखाका एजेन्सी म्यानेजर चेत नारायण पौडेलले आफुले सक्दो सहयोग गरेको बताउदै यस्ता सामाजिक कार्यका लागि सहयोग गर्न आफू र आफ्नो संस्था तयार रहेको बताए ।

कर्मभूमि फाउन्डेसनका सस्थापक अध्यक्ष कमल भुषालले सरकारी बिद्यालयमा पढ्ने विद्यार्थीहरुलाइ हौसला स्वरुप छात्रबृत्ति बितरण गरिएको बताए ।

कर्मभूमि फाउन्डेसनको अध्यक्ष कमल भुषालको अध्यक्षता, ढोनपा ५ का अध्यक्ष लक्ष्मण पुनको प्रमुख आतित्यथा, भुजीमाबिका प्रअ चुडामणि पौडेल, शिक्षक अभिभावक सघंका अध्यक्ष शालिकराम कंडेल, शिक्षक,शिक्षिकाहरु, विद्यार्थीको उपस्थिती रहेको थियो ।
फाउन्डेसनकन सचिब देब बिकको स्वागत मन्तब्यबाट सुरु कार्यक्रमको सञ्चालन फाउन्डेसनकी सदस्य झरना कंडेलले गरेकी थिईन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply