बागलुङ २०७५ फागुन १८ । प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलले जिल्ला स्वास्थ्य कार्यालय, बागलुङले आज विहान बागलुङ कारागारमा रहेका कैदी बन्दीहरुलाई लक्षित गरी आयोजना गरेको बृहत स्वास्थ्य परीक्षण कार्यक्रम (स्वास्थ्य शिक्षा कार्यक्रम) कों शुभारम्भ गरेका छन् । सोहि अवसरमा जिल्ला खेलकूद विकास समितिका तर्फबाट कारागारका रहेका कैदी बन्दीहरुको लागी शारीरिक तन्दुरुस्तीका लागी उपलव्ध गराईएको भलिबल लगायतका खेलकूद सामाग्रीहरु समेत प्रजिअ खरेलले कैदीबन्दीहरुलाई हस्तान्तरण गरेका छन् ।
कार्यक्रमका प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी खरेलले स्वास्थ्य उपकरणहरु र खेलकूद सामाग्री हस्तान्तरण पछी बोल्दै कारागारलाई सुधारगृहको रुपमा लिएर कैदीबन्दीहरुलाई आफुमा अन्तर्निहीत दुर्गुणहरु त्यागी सद्विचार एवं सकारात्मक सोँचको विकास गरी समाजमा रुपान्तरित जीवन सुखमय बनाउन आग्रह गरे ।
कार्यक्रमका अवसरमा जिल्ला जनस्वास्थ्यका प्रमुख प्रशासकीय अधिकृत दीपक तिवारीले कारागारमा रहेका कैदीबन्दीहरुलाई स्वास्थ्य शिक्षा बारे परामर्श सहित उनिहरुको बृहत स्वास्थ्य परीक्षण गर्न सुरु गरिएको चर्चागर्दै क्षयरोग, एचआईभी, मृगौला, रक्तचाप आदिको परीक्षण गरिने जानकारी दिए । प्रमुख प्रशासक तिवारीले स्वास्थ्य परीक्षण कार्यक्रम तीन दिन सम्म चल्ने पनि बताए ।
सो अवसरमा शहरी विकास डिभिजन कार्यालय बागलुङका प्रमुख सीडीई सचिन्द्र कुमार देवले कारागारको भौतिक अवस्थाका बारेमा अवलोकन गरी तत्कालै सुधारका केहि कार्य गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । स्मरणीयछ, कारागारका क्षमता भन्दा निकै बढी (११२)कैदीबन्दीहरु रहेका छन ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्णहरि शर्मा पोखरेल, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष धनबहादुर परियार लगायत ल्याबटेक्निसियन, प्राविधिक स्वास्थ्यकर्मीहरुको उपस्थिती रहेको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी घनश्याम सापकोटाले जानकारी दिए । ।