Sorry, that menu does not exist.
 

मन्त्री अधिकारीको निधनले देशले एक कुशल राजनीतिज्ञ गुमाएको छ : नगरप्रमुख नेपाली

योगेन्द्र विश्वकर्मा,बुर्तिबाङ २०७५ फागुन १८ । ढोरपाटन नगरपालिकाको आयोजनामा आज स्वर्गीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीको स्मृतिमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ ।

श्रद्धान्जलि कार्यक्रममा नगरप्रमुख देवकुमार नेपालीले स्वर्गीय मन्त्री रविन्द्र प्रसाद अधिकारीको उच्च प्रशंसा गर्दै आफुसँगै लामो समयसम्म सहकार्य गरेका विकासप्रेमी ईमान्दार राजनेतालाई गुमाउनु पर्दा अत्यन्तै पीडा अनुभव भएको बताए । सुखी नेपाली समृद्ध नेपाल बनाउनु पर्छ भनेर निरन्तर देश र जनताको पक्षमा समर्पित एक होनहार कुशल राजनेतालाई गुमाउनु पर्दा देशलाई नै अपुरणीय क्षती पुगेको उनको ठहर थियो ।

मन्त्री अधिकारीले ढोरपाटन क्षेत्रको विकासका लागि यस क्षेत्रको अवलोकन गरेको र यस विषयमा लामो छलफल भएको स्मरण गर्दै नगरप्रमुख नेपालीले स्व अधिकारीको अभाव सदैव खट्किरहने उल्लेख गरे ।

स्व मन्त्री अधिकारीले देश हित र विकासका लागी चालेका महत्वपूर्ण कार्यहरुको अनुशरण गर्दै उहाँका अधुरा कार्यहरुलाई पूरा गर्न सके मात्र उहाँप्रति सच्चा श्रद्धाजली हुने उल्लेख गर्दैै नेपालीले स्व अधिकारी प्रति भावपूर्ण श्रद्धान्जलि अर्पण गरे ।

मंसिर १ गते बडीगाड महोत्सव उद्घाटनका लागि ग्वालिचौर आउदा मन्त्री अधिकारीको स्वागत गर्दै नगर प्रमुख नेपाली र प्रजिअ खरेल ।

कार्यक्रममा स्वर्गीय मन्त्री अधिकारीको फोटोमा अबिर र फुल चढाएर श्रद्धाञ्जली दिनको लागि ढोरपाटन नगरपालिकाका उपप्रमुख कर्मती पुन वडा नम्बर १ का वडा अध्यक्ष चित्रबहादुर भण्डारी वडा नम्बर ५ का वडा अध्यक्ष लक्ष्मण पुन बिभिन्न पार्टीका प्रतिनिधी बिभिन्न सरकारी ताथा गैर सरकारी सस्थाका प्रतिनिधी समाजसेवी पत्रकारको सहभागीता रहेको थियो । कार्यक्रमको सञ्चालन केशर छन्त्यालले गरेका थिए ।

गत फागुन १५ गते बुधबारको दिन ताप्लेजुङको फुङ्लिङ नगरपालिका १० सिस्नेभीरमा एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना हुँदा मन्त्री अधिकारी सहित ७ जनाको ज्यान गएको थियो ।

यसैवीच बुर्तिवाङबाट सहकर्मी टिकाराम भट्टराईले दिएको जानकारी अनुसार नेकपा ढोरपाटन नगर संयन्त्रको आयोजनामा आज स्वर्गीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीको स्मृतिमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ । नेकपाका गोपाल महतले स्व. अधिकारीको जीवनी र घटनाक्रमबारे पढेर सुनाएपछि १ मिनेट मौनधारण गरिएको थियो । त्यसपछि श्रद्धाञ्जली कार्यक्रम सुरु भएको थियो ।

बुधबार ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परि निधन भएका पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको राजकीय सम्मानका साथ हिजो गृहनगर कास्कीको पोखरास्थित रामघाटमा अन्त्येष्टि गरिएको थियो । तीन पटक कास्कीबाट सांसद जितेका युवा नेता अधिकारी निकै लोकप्रिय मानिनुहुन्छ । उहाँको लोकप्रियता र उहाँको फोटोमा अन्तिम श्रद्धाञ्जली दिन आज नेकपा ढोरपाटन नगर संयन्त्रको कार्यलय बुर्तिबाङमा नेपाल कम्यूनिष्ट पार्टी(नेकपा) गण्डकी प्रदेश सदस्य प्रेम घर्तिमगर,तुल्सीराम अर्याल, नेपाल कम्यूनिष्ट पार्टी(नेकपा)ढोरपाटन नगर संयन्त्र सदस्य तथा नगर प्रमुख देब कुमार नेपाली,लक्ष्मण पुन,केशर छन्त्याल,उप प्रमुख करमति पुन, नेकपा निसीखोला पार्टी संयन्त्र सदस्य लालबिर लोपचन,रुद्र प्रसाद पौडेल लगायत नेकपाका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

उता संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीको मृत्यु संस्कार भने अब ३ दिनमै सकिने भएको छ ।

अधिकारीको निधनको आज चौठो दिन भएकाले उहाँको मृत्यु संस्कार अब तिन दिनमा अर्थात फागुन २१ गते मंगलबार सकिनेछ । मन्त्री अधिकारी मृत्यु संस्कार १३ दिनबाट घटाएर सात दिनमा झार्नुपर्छ भन्ने अभियन्ता भएका कारण सात दिनमै मृत्युको संस्कार सकिने पारिवारिक स्रोतले जनाएको हो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply