बागलुङ २०७५ फागुन १८ । तमानखोला गाउँपालिका–५ खुंखानीको एक महिलाले दिवङ्गत श्रीमानको स्मृतिमा विद्यालयमा मन्दिर निर्माण गरेकी छन् । आफ्ना श्रीमान् स्वर्गिय सरोज कुमार छन्त्यालको सम्झनामा उनकी श्रीमती हिराकुमारी छन्त्याल र परिवारले विद्यालयमा मन्दिर निर्माण गरेका हुन ।
स्थानिय शान्ति माविका पुर्व प्रध्यानध्यापक रहेका स्वर्गिय छन्त्यालको संम्झनामा परिवारले विद्यालयमा सरस्वतीको मन्दिर निर्माण गरेको हो । नेपाली काँग्रेस बागलुङका जिल्ला सदस्य तथा नेपाल शिक्षक संघ बागलुङका सल्लाहकार समेत रहेका छन्त्यालकोे क्यान्सर रोगका कारण २०७४ माघ २९ गते उपचारको क्रममा मृत्यु भएको थियो । सामाजिक क्षेत्र र खेलकुदमा पनि निकै क्रियाशील छन्त्याल पश्चिम बागलुङकै सामाजिक व्यक्तिव्यको रुपमा परिचित थिए । २०५४ साल देखी शिक्षण पेशामा लागेका छन्याल विद्यालयका शिक्षक हु्ँदै प्रध्यानध्यापक समेत बनेका थिए ।
छन्त्यालको सम्झनामा करिब ३ लाख रुपैयाँ खर्च गरेर विद्यालयमा मन्दिर निर्माण गरिएको श्रीमती हिराकुमारी छन्त्यालले बताईन । शिक्षा र सामाजिक क्षेत्रको विकासका लागि उहाँ हरपल चिन्ता लिनुहुन्थ्यो उनले भनिन,–दुर्गम खुङखानीको शैक्षिक र सामाजिक क्षेत्रको विकासमा सहयोग गर्ने सपना अधुरै रहयो । समाजमा उहाँले ठुलो योगदान गर्न नसकेपनि उहाँको सम्झनामा हामी विद्यालयमा मन्दिर स्थापना गरेका छौं । आगामी दिनमा उहाँले देखेका सपना साकार पार्न कोशिस गर्ने छौं ।
सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्व हामिले गुमायौं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हेमन्त नेपालीले भने, सरोज सरले गर्न खोजेका कामलाई हामी निरन्तरता दिने छौं । उहाँको यस क्षेत्रमा गरेको योगदानको उच्च कदरका साथ हामी विद्यालयमा नै मन्दिर निर्माण गरेका हौं ।
छन्त्यालको एक वर्षको बार्षिक पुण्य तिथिको अवसरमा आज शनिबार मन्दिरको उदघाट्न समेत गरिएको छ । मन्दिर उदघाट्न गर्दै संविधान सभा सदस्य तथा नेपाली काँग्रेस बागलुङका निवर्तमान पार्टि सभापति प्रकाश शर्मा पौडेलले समाजिक व्यक्तित्व गुमाउनु् पर्दा सिंगो समाज र पाटि प्रति नै ठुलो क्षती बहोर्नुपरेकोमा द्ुःख व्यक्त गरे । उनले स्वर्गिय छन्त्यालको योगदानलाई पार्टीले पनि उचित सम्मान गर्ने बताए ।
कार्यक्रममा नेपाली काँग्रेसका महासमिति सदस्य जगदिशचन्द्र उपाध्याय, नेपाल शिक्षक संघ बागलुङका अध्यक्ष उमकान्त पौडेल काँग्रेस महाधिवेशन प्रतिनिधि जीत शेरचन, तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा लगायतले छन्त्याल समाजका लागि निकै क्रियाशील व्यक्तित्व रहेको बताएका थिए ।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हेमन्त नेपालीको अध्यक्षता शिक्षक खुमलाल पुन मगरको संचालनमा सम्पन्न भएको थियो ।