कुसुम थिङ, बागलुङ २०७५ फागुन २० । महाशिवरात्रि वर्षभरीमा एक पटक मनाईने हिन्दुहरुकोे एक महान पर्व रहिआएको छ । यो भगवान शिव पूजन गर्ने सबभन्दा ठुलो पर्व मानिन्छ । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्व यो वर्ष आज फागुन २० गते परेको छ ।
अराध्यदेव शिव पार्वती ।
शिवभक्तहरु यस रात्रिलाई भगवान शिव र शक्तिको बिबाहोत्सवको रुपमा मनाउदै रातभर अराध्य जागरण गर्छन् । महाशिवरात्रि पर्वको ठीक १५ दिन पछी फागु (होलि) मनाउनुको एक कारण यो पनि रहेको मान्यता रहेको छ ।
गौरीधाम शिव मन्दिर प्रवेशव्दार, उपल्लाचौर ।
चतुर्दशी तिथिको स्वामी शिव हुन । त्यसैले ज्योतिष शास्त्रहरुमा यस तिथीलाई परम शुभफलदायी भनिएको छ । प्रत्यक महिनामा एक पटक शिवरात्रि पर्दछ तर फागुन कृष्ण चतुर्दशीकै शिवरात्रिलाई महाशिवरात्रि पुकारिन्छ । ऋतु परिवर्तनको यो समय अत्यन्त शुभ मानिन्छ । गरुड़, स्कंद, अग्नि, शिव तथा पद्म पुराणहरुमा महाशिवरात्रिको वर्णन गरेको पाईन्छ । सबै पुराणहरुमा यसपर्वको महत्वलाइ रेखांकित गर्दै यस दिन व्रत उपवास बसेर बेलपत्रले भगवान शिवको पूजा अर्चना गर्नु फलदायी हुन्छ ।
रामकोट स्थित त्रिपुरेश्वर महादेव मन्दिर बिहुँ ।
पुराणहरुमा वर्णन गरिए अनुसार आजकै रात्रि भगवान शिव पहिलो पटक ज्यातिर्लिंग (अग्निको रुपमा) प्रकट भएका थिए । शिवको प्रकाट्य ज्योतिर्लिंग यस्तो शिवलिंग थियो जस्को न आदि थियो न अन्त्य । भनिन्छ, भगवान ब्रह्मा र विष्णुलाईपनि ज्योतिर्लिंगको आदि अन्त्य थाहा पाउन सफलता मिलेन ।
खनियाबास शिवालय मन्दिर, पर्वत
महाशिवरात्रि शिव र शक्तिको मिलनको रात भएकोले यसको खास महत्व छ । आध्यात्मिकरुपमा यस रात्रिलाई प्रकृति एवं पुरुषको मिलनको रातको रुपमा वर्णन गरिएको छ । कालरात्रि, मोहरात्रि. सुखरात्रि र शिवरात्रि चार प्रमुख रात्रि मध्ये शिवरात्रिलाई एक पवित्र पर्वका रूपमा पुराणहरूमा वर्णन गरिएको छ । महाशिवरात्रि पर्वलाई व्रतोत्सवहरुमध्य सर्वोत्तम मानिन्छ ।
गलेश्वर शिवालय म्याग्दी ।
अहिले विहान सबेरै देखी बागलुङ कालिका, उपल्लाचौरस्थित गौरीधाम शिव मन्दिर, बिहुँ रामकोट स्थित त्रिपुरेश्वर महादेव मन्दिर, म्याग्दीको गलेश्वर शिवालय, पर्वत खनियावासको शिवालय, कुस्माको गुप्तेश्वर लगायत शिव मन्दिरहरुमा श्रद्धालुहरुको भीड लागेको छ । शिवभक्तहरु शिवालयहरुमा गएर शिवलिंगमा बेलपत्र आदि चढ़ाएर भगवान शिवको पूजा गरिरहेका छन् ।
शिवमन्दिरहरुमा गएर शिवलिंगमा जलाभिषेक सहित बेलपत्र चढ़ाउनाले भगवान शिवको अनन्त कृपा प्राप्त हुन्छ भन्ने विश्वास रहिआएको छ । शिवभक्तहरु यस दिन व्रत बसेर रातभर जाग्राम रही आराध्य देव महादेवको आशीर्वाद प्राप्त गर्दछन् ।
गौरीधाम शिव मन्दिरका थप तस्बीर: