Sorry, that menu does not exist.
 

हिउँमाथी हिउँ थपिदा ढोरपाटनमा चिसो ज्यूँकात्यूँ, ढोरबासीलाई तंग्रिन अझै केहि समय लाग्ने !

बुर्तिवाङ २०७५ फागुन २० । यस वर्ष लगातारको वर्षा एवं बाख्लो हिमपातले बागलुङ जिल्लाको माथिल्लो भागका जनताको जनजीवन निकै कष्टकर बनेको छ । तीन चार पटकसम्म हिउँ परेपछी ढोरपाटन उपत्यका सेताम्य बनेको छ । अहिले पनि ढोरमा दुईतीन फिट हिउँ जमेको छ । अत्यधिक चिसोले गाइ, भेैँसी, भेडा, बाख्रा, घोँडा लगायतका पशु चौपायालाई घाँस पातको समस्या एकातिर छ भने हिउँले गर्दा ढोरबासीहरु घर बाहिर निस्केर काममा जाने अवस्था समेत नरहेको ढोर पाखाथरकी हिमकुमारी अदैले बताएकी छन् ।

अहिले पनि ढोरको तापक्रम राति २० डिग्री सेल्सियस सम्म पुग्छ भने बिहान घाम लाग्ने समय सम्म १० डिग्री सेल्सियस तापक्रम रहने सहकर्मी ईन्द्र शाहीले जानकारी दिए । अत्याधिक चिसोको चपेटामा परेका ढोरबासीको जनजीवन तंग्रिन अझै केहि समय लाग्ने सहकर्मी शाहीको भनाई छ ।

अत्यधिक चिसोका कारण बेसी देखी स्थानीयहरु आफ्ना गाईबस्तु लिएर ढोर आईसकेका छैनन् । स्मरणीय के छ भने ढोरबासीहरु हिउँदमा चिसो .छल्न असोज महिनामा बेसीगाउँ बोवाङ, अधिकारीचौर झर्छन भने फागुन महिनाको पहिले हप्तादेखी ढोर उक्लने प्रचलन रहि आएपनि हिउँ परिरहेको र चिसो निकै भएकोले एक दुई परिवारमात्र ढोरमा आएको हिमकुमारी अदैले बताईन् । अहिले ढोरमा धेरैकम मानिसहरु रहेका छन् । बिद्यालय खुलेपनि बिद्यार्थीहरुको संख्या भने न्यून रहेको छ ।

तस्वीर- ईन्द्र शाही/हिमकुमारी अदै, ढोरपाटन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply