Sorry, that menu does not exist.
 

युवाहरुका प्रेरणाश्रोत : मलेशिया हुँदै कर्मभूमि फाउण्डेशन सम्म ‘कमल भुषाल !’

बुर्तिवाङ, २०७५ फागुन २० । बदलिदोे समय संगै हरेक मानिसहरु आ–आफ्नै पेशा, ब्यवसाय र परिबेशमा ब्यस्त छन् । हरेक मानिस आफ्नो बर्तमानलाई अंगालेर भबिष्य बनाउन सघर्षरत देखिन्छन । यस्तै संघर्षमा छन, बागलुङ जिल्ला ढोरपाटन नगरपालिकाका एक युवा कमल भुषाल ।

बि.स.२०४१ सालमा साधारण परिवारमा जन्मेका २४ बर्षिय भुषाल, एक जुझारु युवाका रुपमा उभिएका छन् । साधारण परिवारमा जन्मेका कारण पनि उनले आफ्नो उच्च शिक्षा प्राप्त गर्नका निम्ती धेरै संघर्ष गर्नु परेको बताउछन् ।

जनजागृती आधरभुत बिद्यालय कुत्थाप्लाबाट पढाई सुरु गरेका भुषाल कक्षा ५ देखी माध्यमिक तहसम्म उत्तरगंगा माध्यमिक बिद्यालय बुर्तिबाङमा अध्ययन गरेका हुन । उनि परिवारको पहिलो सन्तान भएका कारण परिवारको जिम्मेबारी उनकै काँधमा आएपछि उनि माध्यमिक तह सकिए लगत्तै बैदेशिक रोजगारीका लागि मलेशिया पुगे । त्यहाँ साढे ३ बर्षको बसाईपछि उनी फेरी नेपाल फर्की बुर्तिबाङमा रहेको निसीभुजी जनता क्याम्पसमा स्नाकोत्तर पढ्न थाले । पढाई संगसंगै उनले अध्ययन सुरु गरेको बिद्यालयमा अध्यापन समेत गरे । स्नाकोत्तर पासगरे पछी फेरी उनि बैदेशिक रोजगारीकन लागि यु ए ई (दुबई)मा १ बर्ष बिताए । दुबईबाट फर्किए पश्चात बुर्तिबाङमा स्थित रिभरहेड ईन्टरनेश्नल एकेडेमीमा १ बर्षको अध्यापन पश्चात काठमाडौमा एमफील गर्नका लगि पुगे ।

नयाँ बानेश्वरमा रहेको आईसर कलेजबाट एमफील सकेका भुषाल लगत्तै रिभरहेड ईन्टरनेश्नल एकेडेमीमै प्रिन्सिपलको रुपमा कार्यरत छन । उनी आफैले पढेको निसीभुजी जनता क्याम्पसमा अंग्रेजी बिषयको लेक्चरर समेत हुन ।

२०७१ सालमा बैवाहिक जीवनमा बाँधिएका उनी बुर्तिबाङ राईजिङ युवा क्लबमा ३ कार्यकाल सचिब र १ कार्यकाल सदस्य पदमा रही कार्यभार सम्हालेका थिए ।

अहिले उनकै पहलमा यहाँका केहि युवाहरुको सक्रियतामा कर्मभूभि फाउण्डेशन नामक संस्था दर्ता गरेर स्वास्थ्य र शिक्षाको क्षेत्रमा योगदान दिदै आएका छन् ।

यस फाउण्डेसनले २ महिला यता बिभिन्न ६ बिद्यालयमा छात्राबृत्ति वितरण तथा २ वटा स्वास्थ्य शिविरमा बिशेष भुमिका बहन गरेको थियो । आगामी दिनमा पनि आफ्नो जागीर संगसंगै यस्ता सामाजिक कार्यहरुमा लागिरहने उनी बताउछन् ।
बहुप्रतिभाशाली भुषाल अहिले अन्य युवाहरुका लागि उदाहरण मात्र नभएर मार्गदर्शक पनि बनेका छन् । २०७२ सालमा बुबालाई गुमाएका भुषालकी आमा , १ बहिनी पनि छन् । उनकी बहिनी र।ोजगारीका लागि यु ए ई मा पुगेकी छन भने श्रीमती फार्मेसी बिषयमा ब्याचलर गर्दै गरेको भुषाल बताउछन् ।

हरेक बाधा अड्चनलाई निडरतापूर्वक पन्छाउदै आफ्नो लक्ष्य र उद्देश्यमा अडिग रहेका भुषाललाई सफलता प्राप्त भैरहेको छ । खाने मुखलाई जुँगाले छेक्दैन भनेझै होनहार युवा भुषालले दुःख र गरीबीलाई पन्छ्याएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply