गुमानसिँह भण्डारी गल्कोट २०७५ फागुन २० । गल्कोट नगरपालिका ५ हरिचौर स्थित शिवज्योति युवा क्लबको २१ औ बार्षिक उत्सव तथा महाशिवरात्रि पर्वको अवसरमा गल्कोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले पछिल्लो समय क्लबहरु खेलकुदमा मात्रै सीमित बनिरहेको भन्दै समुदाय केन्द्रित भएर सामाजिक क्रियाकलापतर्फ समेत अगाडि बढनुपर्ने बताएका छन् ।
शर्माले नगरभित्रका सम्पुर्ण क्लबहरुलाई अब दर्ताको प्रक्रियामा जान आग्रह गर्दै युवाहरु समाजका कर्णधार भएकाले अब युवाहरुको सोच खेलकुदमा मात्रै सीमित नबनाउन समेत गैरेले आग्रह गरे । गल्कोटलाई समृद्धि बनाउनका लागी युवाहरुको समेत महत्वपुर्ण भुमिका रहने भन्दै हातेमालो गर्न सम्पुर्ण युवाहरुलाई आग्रह गरे । सो अवसरमा वडा नम्बर ५ का अध्यक्ष नारायध्वज मल्ल, छम बहादुर खत्री, ओम सुनार लगायतले शुभकामना मन्तब्य रादेका थिए ।
कार्यक्रममा साबिक वडा स्तरिय पुरुष भलिबल प्रतियोगितामा गल्कोट घुम्टे सप्लार्स हटिया प्रथम, देउराली युवा क्लब हिल व्दितिय भएका छन । सामुहिक नृत्य प्रतियोगितामा गल्कोट माद्यमिक बिद्यालय प्रथम, न्यु लाईफ आवासीय माबि व्दितिय भएका छन । एकल नृत्य प्रतियोगितामा गल्कोट नगरपालिका वडा नम्बर ३ का भरोसा क्षेत्री प्रथम, अर्पना शाही व्दितिय भएका छन ।
कार्यक्रममा बिमल भण्डारी, रेशम गिरी, रिमा बस्नेत, निशा श्रीस लगायतको साँगीतिक प्रस्तुति रहेको थियो । खुल्ला भुपु भलिबल प्रतियोगितामा शिव ज्योति युवा क्लब प्रथम, भेटघाट रेष्टुरेण्ट गलकोट नगरपालिका ६ व्दितिय भएका छन ।
कार्यक्रम क्लबका अध्यक्ष टेक बहादुर थापाको अध्यक्षता, क्ललका सहसचिव मनिसा बस्नेतको स्वागत मन्तब्य र सन्दिप सिहको सञ्चालनमा सम्पन्न भएको थियो ।