Sorry, that menu does not exist.
 

महेन्द्र आदर्श माबि वामीको हिरक महोत्सव एवं महायज्ञको समापन आज !
गण्डकी र ५ नं प्रदेशको संगम वामीटक्सारलाई शिक्षाको हवको रुपमा विकास गर्नु पर्छ : प्रदेशमन्त्री बलाल

कमल पौडेल, मुसिकोट, गुल्मी २०७५ फागुन २१ । प्रदेश ५ का शिक्षा तथा सामाजिक विकास मन्त्री सुदर्शन वलालले गुल्मीको वामीटक्सार गण्डकी प्रदेश र ५ नं. प्रदेशको संगम स्थल भएको भन्दै शिक्षाको हवको रुपमा विकास गर्नुपर्ने वताएका छन् । महेन्द्र आदर्श मावि वामीटक्सारको हिरक महोत्सव तथा धनधान्याञ्चल ज्ञान महायज्ञको आठौं दिन सोमबारको कार्यक्रममा सम्बोधन गर्दै मन्त्री वलालले शिक्षा तथा सामाजिक क्षेत्रको विकासमा प्रदेश सरकारले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

‘जनताको गास काटेर शिक्षालाई कति दिन थेग्न सक्छौं? भन्ने प्रश्न गर्दै प्रदेश मन्त्री बलालले भने त्यसैले राज्यले आफ्नो दायित्व विर्सदैन ।’ शिक्षा र स्वास्थ्यको जिम्मा राज्यले लिनुपर्ने र त्यस तर्फ सरकार लागि रहेको तर तत्काल राज्यको श्रोत र साधनको हिसावले पूर्ण गर्न नसकिएको भन्दै क्रमश हुने भरोशा दिलाए । शिक्षा तथा स्वास्थ्यमा सरकारको लगानी पर्याप्त नभएको भन्दै मन्त्री वलालले स्थानियहरुले पुर्याएको योगदानको प्रशंसा गरे । उनले सरकार, सुखि नेपाली र समृद्ध नेपाल वनाउने अभियानमा लागेको भन्दै सहयोग गर्न सवैलाई आग्रह समेत गरे ।

विद्यालयमा प्राविधिक शिक्षा अन्तरगत इन्जिनियरिङ कक्षा संचालन गर्ने उद्धेश्य सहित संचालन गरिएको श्रीमद्भागवत धन धान्याञ्चल सप्ताह ज्ञान महायज्ञमा भागवत भाष्कर कमलनयन गौतमले प्रवचन दिइरहेका छन् ।

हिरक महोत्सवको आठौं दिन सम्म ५ करोड १ लाख ९८ हजार रुपैयाँ संकलन भएको लेखा समिति संयोजक डिल्लीराज खरेलले जानकारी दिए ।

‘सिपयुक्त जनशक्ति निर्माणको इच्छा, नगरभित्रै सर्वसुलभ प्राविधिक शिक्षा’ भन्ने नारासहित सुरु भएको महोत्सव आज मंगलबार सम्म सन्चालन गरिने मुल समारोह समितिका संयोजक प्रकाश काफ्लेले जानकारी दिए ।

हिरकमहोत्सव तथा धनधान्यान्चल महायज्ञको आज फागुन २१ गते कार्यक्रमको समापन पूर्व सांसद चन्द्र भण्डारीले गर्ने विद्यालयले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply