बुर्तिवाङ २०७५ फागुन २१ । बागलुङ जिल्लाको सुुदूर तमानखोला गाउँपालिकाको बोंगादोभान र खुँखानीका दुई विद्यालययहरुमा साल्ट ट्रेडिङ कर्पोरेशन बागलुङले विद्यार्थीका लागि झोला तथा आयोनुन वितरण गर्ने भनेपछी कार्यक्रममा स्थानीयको ठेलमठेल उपस्थिति देखियो । नागरिक चेतना कार्यक्रम अन्तरगत, सुक्ष्म पोषक तत्व आयोडिन र यसको सही प्रयोगका लागि थालिएको अभियानमा यति बाख्लो जनउपस्थिति देखिएको हो ।
आयोडिनको सही प्रयोग र प्रयोजनका लागि साल्ट ट्रेडिङ कम्पनीले फेव्रअरी महिनालाई प्रचारात्मक अभियानका रुपमा सञ्चालन गरेकाले यस्तो कार्यक्रमको आयोजना गरिएको बताइएको छ ।
विद्यार्थी, शिक्षक र अभिभावक सहितको एक -यालीले बोंगादोभान बजार परिक्रमा गर्दै, आयोनुनको सही प्रयोग, आयोडिनका कमीले हुनसक्ने विकृतिका विषयमा जनचेतना मुलक नारा समेत लगाइएको थियो ।
¥याली बोँगादोभान स्थित जनजागृति माध्यमिक विद्यालयको प्राङगणमा पुगेर सभामा परिणत भएको थियो । सो कार्यक्रमलाई सम्वोधन गर्दै साल्ट ट्रेडिङ बागलुङका शाखा प्रमुख मनोज श्रेष्ठले, आयोडिनको कमीले मानिसमा गलगाँड आउने, बौद्धिक क्षमताको ह्रास हुने, लाटो तथा लठेब्रो हु्ने, वालमृत्युदर समेत बढ्ने जस्ता कुरामा सचेत हुन आग्रह गरेका थिए ।
यस्तै साल्ट ट्रेडिङले तमानखोलाकै वडा नं. ५ स्थित शान्ति माध्यमिक विद्यालय खुँखानीमा समेत त्यहाँ स्थित विद्यार्थी, शिक्षक र व्यवस्थापन समितिका पदाधिकारीहरुलाई विद्यार्थी झोला, जेब्रा, आयोनुन र टिसर्ट वितरण गरेको छ ।
कार्यक्रममा बोल्ने वक्ताहरुले समेत आयोनुनको प्रयोगबाटै मानिसलाई आयोडिन पुग्ने भएकाले सधै दु्ई वालवालिकाको चिन्ह भएको आयोडिनयुक्त धूलो नुनको प्रयोग गर्न, आयोडिन युक्त नुनको प्रयोग गर्दा नुनलाई धेरैबेर पकाउन नहुने, प्याकेटिङ गरिएको दुई वर्षसम्म मात्र उक्त प्याकेटिङ गरिएको आयोनुनको प्याकेटमा आयोडिन रहने, तेल तथा घीउमा खराउन नहु्ने, घाम वा आगोको रापमा राख्न नहुने लगायतका विषयमा समेत जनाकारी गराएका थिए । गर्भाअवस्थामा महिला, वालवालिका, वृधवृधा तथा युवकहरु सबैलाई आयोडिनको आवश्यकता रहेकाले आयोनुनबाटै सहज रुपमा आयोडिन प्राप्त हुने विषयमा सचेतना दिइएको थियो ।
कार्यक्रममा बुर्तिवाङ उद्योग वाणिज्य संघका अध्यक्ष चिन्तामणी शर्मा, सल्लाहाकार ढालेन्द्र छन्त्याल, वडा नं. ५ का वडा अध्यक्ष हिराबहादुर रसाईली, शान्ति माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष हेमन्त नेपाली, खुँखानी स्वास्थ्य चौकीका ईञ्चार्ज दीपक पौडेल, विद्यालयका शिक्षक खगेन्द्रमान पुन विद्यार्थीहरु याम गोतामे, नारमायाँ पुन, उर्मिला सुनचौरी र दीपक पुन लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा विद्यालयका शिक्षक, स्थानीय जनप्रतिनिधि, व्यवसायी, पत्रकार, विद्यार्थी अभिभावक लगायतको उपस्थिति रहेको थियो ।