Sorry, that menu does not exist.
 

बरेङ-३ का नरबहादुरको पीडा : विदेश जाँदा ऋणको भारी, फर्किदा रोगको भारी !

प्रेम सुनार, गुल्मी २०७५ फागुन २१ । ‘घर–वास समेत आफ्नो नभए पछि साहु–महार्जन संग हात जोडेर ऋण काढ्दै विदेश गएको थिएँ तर त्यो ऋण तिर्न नपाउँदै नसा सम्वन्धि रोगले थला परे पछि पैसा कमाएर आउँछु भन्ने सोचेको मान्छे उल्टै र ऋण बिमारको भारी बोकेर फर्किनु प-यो ’– यस्तो पीडा सुनाउँदै थिए बागलुङ बरेङ्ग गाउँपालिका निवासी २८ बर्षिया नरबहादुर परियार ।

सो गाउँपालिका–३ बाटाकाचौर कुडहरा गाउँका उनि २ बर्ष अघि बैदेशिक रोजगारका लागि सउँदी अरब पुगेका थिए । ६ महिना अघि घर आएका परियारलाई स्वदेश आए पछि डाक्टरलाई जचाउँदा क्यान्सर विमार लागेको पत्ता लाग्यो ।

सम्पत्तीका नामा चार पाँच डोका मकै फल्ने बारी भएका उनि यति बेला गाउँमा चन्दा उठाएर औषधी उपचारका लागि भरतपुरस्थित बीपी कोईराला मेमोरियल क्यान्सर अस्पतालमा त पुगेका छन तर उपचारका लागि आबश्यक खर्च नहुँदा अलपत्र परेको बताउँ छन ।

‘घरमा आमा , श्रीमती , ३ छोरी एक छोरा छन , आमा र श्रीमतीले गाउँमा निमेक मजदुरी गरेर विहान बेलुकाकाको गुजरा चलाएका छन , उनिहरुको पालन पोषणका लागि पनि म बाँच्न चाहन्छु ’–उनले गलाअवरुद्ध पार्दै भने–‘ सबैले जति सक्नु हुन्छ उति सहयोग गरेर बलाई बाचाई दिनुस । ’

उनको वडा कार्यालयले सबै संग सहयोगका लागि सिफारिस पत्र दिएको छ । गाउँवासीहरु सहयोगका लागि सामाजिक सञ्जाल मार्फत अभियान छेडे पनि खासै सहयोग जुट्न नसकेका कारण सञ्चार माध्यमको सहारा लिनु परेको उनकी छिमेकी तथा शान्तिपुरस्थित चक्रेश्वर ईङ्गिलिश बोर्डिङ्ग स्कुलकी शिक्षिका सम्झना क्षेत्रीले बताईन ।

ड्ड

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply