Sorry, that menu does not exist.
 

लालीगुराँश फुलेर लाल भयो … … … !

गुमानसिँह भण्डारी, गल्कोट २०७५ फागुन २२ । बागलुङ जिल्लाको लेकाली भेग (उच्च भाग) लालीगुराँश फुलले ढपक्कै ढाकिएको छ । जिल्लाको पश्चिम उच्च पहाडी भाग निसीखोला, तमानखोला, बडीगाड, ताराखोला, ढोरपाटन नगरपालिका लगायत लेकाली भागहरुमा लालीगुराँश फुलेर राताम्य देखिन्छ ।

यस्तै गल्कोट नगरपालिकाका अधिकाँश वडाहरुका उच्च पहाडी (लेक) भाग यतिबेला लाली गुराँश फुल फुलेर डाँडै रातै भएको छ । मुख्यगरी घुम्टे, गाजा, निलुवा, हलहले क्षेत्रमा गुराँश फुलेर राताम्मे बनेको गल्कोट घुम्टे पर्यटन बिकास केन्द्रका अध्यक्ष झंक बहादुर बस्नेतले बताए ।

हटिया बजारदेखि करिब आधा घण्टा भ्यू टावर बिहुँको डाँडाबाट गल्कोटका अधिकांश ठाउमाा गुराँश फुलेको मनोरम दृश्य देख्न सकिन्छ । भ्यु टावर आपपासमा समेत प्रशस्तै गुराँश फुलेको छ । तर गुराँश हेर्नका लागि खासै पर्यटकहरु नआउने स्थानियहरु बताउछन् । प्रचार प्रसारको अभावमा पर्यटकहरु नआएको उनिहरुको ठम्याई छ ।

गुराँशको सौन्दर्य हेर्न जती नै आनन्द आउँछ त्यस हिसावले त्यसको संरक्षण हुन सकेको छैन । घुम्टेमा भने प्रत्येक नयाँ वर्षमा ‘गुराँश उत्सव’ हुदै आएको छ । ३१ सय २० मिटरको उचाइमा अवस्थित पर्यटकीय लेक घुम्टेमा करिब ६, ७ बर्षदेखि निरन्तर रुपमा गुराँश उत्सव आयोजना गरिदै आएको छ । जिल्लाको पर्यटकीय लेक घुम्टेको प्रवद्र्धन र लालीगुराँस संरक्षणको लागि उत्सव गर्दै आइरहेको केन्द्रका अध्यक्ष हर्क बहादुर बस्नेत बताउछन् । केन्द्रले घुम्टेलाई ‘गुराँसको पहाड’ घोषणा गर्न र वैशाख १ गतेलाई ‘राष्ट्रिय लालीगुराँस दिवस’ घोषणा गर्न सरकारसँग माग गर्दै आएको छ ।

धार्मिक, प्राकृतिक तथा जैविक हिसाबले महत्वपूर्ण घुम्टे लेकको पर्यटकीय विकास र प्रवद्र्धनको लागि गुराँश उत्सवले टेवा पुग्ने ठानिएको छ । ‘घुम्टेमा गुराँश फुल्ने याममा पर्यटकको आकर्षण बढाउन गुराँश उत्सव गर्दै आईरहेको केन्द्रल जनाएको छ । ‘घुम्टेको पर्यटन विकास र प्रवद्र्धनमा उत्सवले टेवा पुग्ने हाम्रो विश्वास छ । यस बर्षपनि हामीले उत्सवको तयारी गरिरहेका छौ बस्नेतको भनाई छ । ’ चैत मसान्तमा घुम्टे चढ्नेहरु उक्त दिन घुम्टेको लेकमै रात बिताएर नयाँ वर्षको दिन तल झर्छन् । सो अवसरमा घुम्टे चढ्ने पर्यटकले त्यहाँ अवस्थित प्रशिद्ध सिद्ध र भैरवको मन्दिरमा पूजाआजाको समेत अवसर पाउनेछन् ।

उत्सवमा सोरठी, सालैजो, यानीमाया, घुम्टे साइला जस्ता मौलिक संस्कृति झल्कने लोकगीत, लोकनृत्य तथा झाँकीको समेत प्रदर्शन गर्ने गरिन्छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply