Sorry, that menu does not exist.
 

अखिल क्रान्तिकारीको २४ औ जिल्ला सम्मेलन चैत २६ बागलुङमा हुने !

खगेन्द्र विश्वकर्मा, बागलुङ २०७३ चैत ८ । अखिल क्रान्तिकारीको विद्यार्थी संगठन बागलुङको २४ औ जिल्ला सम्मेलन चैत २६ गते बागलुङमा हुने भएको छ । नेकपा माओवादी कैन्द्र निकट अखिल क्रान्तिकारी विद्यार्थी संगठनले संविधान कार्यन्वयनमा सामाजिक रुपान्तरण हाम्रो अभियान ,शैक्षिक पुनर्संरचनाका लागी एकताको २४ औं बागलुङक जिल्ला सम्मेलन भन्ने मुल नाराका साथ जिल्ला सम्मेलन बागलुङमा सम्पन्न गर्ने जिल्ला सम्मेलन संयोजक जीवन शर्माले बताए ।

उक्त कार्यक्रममा बोल्दै अखिल क्रान्तिकारीका केन्द्रिय उपाध्यक्ष दिवश खत्री पदमले नेपाली राजनीतीमा मुख्य भुमिका राख्ने आखिल विद्यार्थीनै भएकोले विद्यार्थीले समाज परिवर्तनको लागी शिक्षासंगै राजनितिपनी बुभmनु पर्ने बताए ।

नेपाली राजनीतीक क्रममा शिक्षालाई मौलिक अधिकारको रुपमा स्थापीत गर्नु अखिल क्रान्तिकारीको मुख्य मुद्दा भएको र वर्तमान सरकारले शिक्षालाई मौलिक अधिकारको रुपमा स्थापित गरेको उनले बताए।

त्यसैगरी नेकपा माओवादी केन्द्रका केन्द्रीय पोलिव्युरो सदस्य चन्द्र बहादुर बुढा मगर सागरले विद्यार्थीहरु अव शिक्षा र चेतना संगै अवकौ वैज्ञानिक युगलाई सोही किसीमको शिक्षा प्रणाली अपनाउनु पर्नेमा ध्यान दिन आफ्नो पार्टी प्रतिवद्ध रहेको बताए ।

जिल्ला एकता भेला तथा सम्मेलनको लागी बागलुङ जिल्ला अन्तरगत विभिन्न गाँउपालीका तथा नगरपालिकाहरुमा समितिले सम्मेलनको लागी जीवन शर्माको संयोजकत्वमा ३१ सदस्यीय समिति गठन गरेको छ । बागलुङ नगरपालीकाको विद्यालय तथा क्याम्पसका लागी संयोजक विदुर रेग्मी, जैमीनि नगरपालिकाको लागी संयोजक दुर्गा पौड्ल सहसंयोजक रोसनी भुजेल, गलकोट नगरपालिकाको लागी सैयोजक जीवनकला खत्री सरिता रहेका छन भने ढोरपाटन नगरपालीकाको लागी संयोजक विकास शर्मा, ताराखोला गाँउपालीकाको लागी संयोजक किशोर घर्ती, तमान गाँउपालिकाको लागी संयोजक हिमाली रोकालाई तोकिएको छ ।

कार्यक्रम अखिल क्रान्तिकारी विद्यार्थी संगठन बागलुङका किशोर घर्तीको अध्यक्षता लालमती रोकाको स्वागत दुर्गा पौडेलको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply