कोपिला कंडेल, बागलुङ २०७५ फागुन २४ । १०९ औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस बागलुङ नगरपालिका एबं बिभिन्न राजनीतिक दल सम्बद्ध महिला सघंसंगठनहरुले संयुक्त रुपमा मनाएका छन् । महिला दिवसका अवसरमा बिभिन्न सघंसंस्थाको सहभागितामा र्याली पर्दशन एबं मुल समारोह गरिएको थियो ।
बागलुङ बजार स्थित समिक्षालय चोकबाट निस्केको र्यालीले पुनं सोही स्थानमा पुगेर मुल समारोहमा परिणत भएको थियो । र्याली पछि आयोजित कार्यक्रममा बोल्दै बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले अधिकार प्राप्तीका लागि कानुनले कसैलाई बिभेद नगरेको बताए । महिला लगायत सबै उत्पीडित उपेक्षित वर्गको हित हुने गरी कानुन निर्माण भएको छ, नगर प्रमुख पौडेलले भने लामो समयदेखीको सामन्ती संस्कारबाट मुलुक गुज्रेकाले ब्यवहारमा समानता कायम गर्न नसकिएको बताए । उनले महिला सशक्तिकरणका लागि रोजगार उत्पादनमुलक र आयात प्रतिस्थापन कायम गर्नुपर्नेमा जोड दिए ।
त्यसैगरी प्रमुख जिल्ला अधिकारी बेद प्रसाद खरेलले महिला माथि हुने सबैखाले हिसांको अन्त्यका लागि सबै एक हुनुपर्ने बताउदै महिला मुद्दा सबैका साझा बन्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा बोल्ने सहभागिले राज्यका हरेक क्षेत्रमा महिलाको समानुपातिक प्रतिनिधित्व हुनुपर्ने बताए । महिला सशक्तिकरणका लागि आर्थिक सवलीकरण अनिबार्य छ, सहभागीले भने महिला माथिका सबैखाले उत्पीडनको अन्त्य गर्नका लागि सबै जिम्मेवार र जवाफदेही बन्न जरुरी छ ।
सो अवसरमा अखिल नेपाल महिला सघंका यमुना राना, नेपाल महिला सघंका सचिव उषा पौडेल अखिल नेपाल महिला सघं क्रान्तिकारीका अध्यक्ष कुशुम बुढा अखिल नेपाल महिला सघं प्रगतिशिलका अध्यक्ष मञ्जु क्षेत्री चेलीबेटी संरक्षण केन्द्रका अध्यक्ष लक्ष्मी जिसी कार्की पत्रकार महासघं बागलुङ शाखाका सल्लाहाकार कोपिला कंडेल र कालिका महिला सहकारी संस्था लिमिटेडका अध्यक्ष पिङ्गला जिसी लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
सो अवसरमा अस्मीता साप्कोटाले महिला सम्बद्ध कबिता र कुशुम बुडाथोकीले गीत प्रस्तुत गरेका थिए । कार्यक्रममा यस अगाडी सम्पन्न बिभिन्न प्रतियोगितात्मक कार्यक्रममा सहभागि बिद्यार्थीलाई पुरस्कृत समेत गरिएको थियो ।
कार्यक्रम बागलुङ नगरपालिकाका वडा नम्बर ३ का अध्यक्ष लक्ष्मी बास्कोटाको अध्यक्षता, नगरपालिकाका कार्यकारी अधिकृत भिम बहादुर कुवरको स्वागत मन्तब्य र बा.न.पा महिला बिकास निरीक्षक एबं शाखा प्रमुख सरस्वती देबी रेग्मीको संचालनमा सम्पन्न भएको थियो ।