Sorry, that menu does not exist.
 

साताको तस्वीर : बिकेन अदुवा !

बागलुङ बजार छिमेकी जिल्ला म्याग्दी र पर्वत जिल्लाका किसानहरुले उत्पादन गरेका कृषि उपजहरुको पनि व्यापारिक केन्द्र रहि आएको छ । यहाँ प्रतिदिन बजार आसपास र छिमेकी जिल्लाका किसानहरुले तरकारी, अदुवादि कृषिजन्य उत्पादनहरु विक्री गर्न ल्याउने गर्छन ।

बागलुङ बजार प्रवेश गर्ने विभिन्न नाकाहरुबाट दिनहुँ खासगरी विहान स्थानीय किसानहरुले आफुले फलाएका सागसब्जी, अदुवा, लसुन, काउली, बन्दादि तरकारीहरु डोकामा राखी बोकेर (तस्वीर) विक्रीका लागि ल्याउछन् । स्थानीय किसानहरुले उत्पादन गरेको विभिन्न प्रकारका तरकारीहरुबाट मात्र यहाँको माग पुरा नहुने हुनाले धेरै जसो नारायणगढ तिरबाट ल्याएर आपुर्ति गरिन्छ ।

तर कहिले काहिँ स्थानीय किसानहरुले उत्पादन गरेका कृषिजन्य उत्पादनहरुले यहाँ बजार नपाएको अवस्थापनि देखिने गरेको छ । अहिले स्थानीय किसानहरुले उत्पादन गरेको अदुवाले उचित मूल्य र बजार पाउन नसकेको अवस्था छ । अदुवा किसानहरु आफुले उत्पादन गरेको अदुवाले बजार नपाएपछी निराश छन् । ८० रुपयाँ किलोमा अदुवाको वीउ किनेर लगाएको अदुवा अहिले २५ रुपयाँ किलोमा पनि नबिके पछी किसानहरु चिन्तामा परेका हुन् ।

थाप्लोमा नाम्लो, पिठ्यूँमा डोको, डोकोमा टम्म कृषिजन्य उत्पादन (तरकारी) बोकेर पसिना चुहाँउदै बजार घुम्दै गरेका यी तस्बीरले ती दु:खी किसानहरुको मर्मलाई उजागर गरेको छ ।

तस्वीर- किरण आचार्य, इबागलुङ ।

२०७३ चैत ९
बागलुङ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply