Sorry, that menu does not exist.
 

कोरियन भाषा परीक्षाका लागि ग्लोवल आइएमइमा शुल्क बुझाउन रातभरी लाइनमा !

देशको अस्थिर राजनीति र युवाजनशक्तिका लागी उत्तम योजना नबन्नु प्रमुख कारण !

ार्फत शुल्क तिर्नुपर्ने भएकाले मंगलबार बेलुकीबाटै पोखराका ग्लोवल आइएमइ बैकमा आबेदन शुल्क तिर्नको लागी रातभरी प्रशिक्षार्थी कामदार लाईन बसेका छन् । बुधबार कार्यालय समयपछिमात्रै फारम भर्न सकिने भएकोले आफ्नो पालो अगाडी पार्नको लागी बैक अगाडी एकरात लाईनमा बास बसेर भएपनि शुल्क तिर्नको लागी लाईनमा बस्न परेको प्रशिक्षार्थी कामदारहरुले बताएका छन् ।

यत्रो ठुलो संख्यामा देशका युवा जनशक्ति विदेश पलायन हुन बाध्यता रहनु सम्पुर्ण नेपालीको लागी दुखको कुरो हो तर हाम्रो देशको अस्थिर राजनैतिकरण र सरकारले युवाजनशक्तिका लागी उत्तम योजना नवनाउनु नै प्रमुख कारण भएको एक प्रशिक्षार्थी योजना थापाले बताएका छन् । त्यसै गरि विदेश पलायन हुनेको सबैको आम धारणा यस्तै छ । “सरकारले युवाहरुको लागी उचित योजना ल्याई स्वदेशमै रोजगारको ब्यवस्थापन गर्न सके स्वदेशमै सुनचादीहिरामोतीे फलाउन देखि विकाशले तिव्र गति लिन्थ्यो, उनले भने’ कोरिया जाने सिजनमा यात्रो युवा लाइनमा छौ साउदी अरव कतार मलेसिया जाने त झन कति होलान ?सरकारले बेलैमा विचार गर्नेुपर्छ ।”

त्यसै गरि १८ गतेसम्म इपीएस परीक्षाको अनलाइन आवेदन फारम बुझ्ने इपीएस कोरिया शाखाका निर्देशक बाबुराम खतिवडाले जानकारी दिए ।

पहिलोपटक नेपालमा कोरियन भाषाका लागि अनलाइनबाटै फारम भर्ने सुविधा दिएपनि पोखरामा भने शुल्क बुझाउनको लागी नै विद्यार्थीहरु यस्तो तछाडमछाडमा छन् । तर फराम भर्न भने यसरी रातभर लाइन बस्नु नपर्ने बताइएको छ । गतवर्ष झण्डै ६० हजारले कोरियन भाषा परीक्षा दिएका थिए । यो वर्ष ८० हजार युवाले इपीएस परीक्षा दिने अनुमान गरिएको खतिवडाले बताए ।

आवेदन बुझाउन घन्टौं लामो लाइनमा बस्नुपर्ने बाध्यता हटाउन अनलाइन फारम भर्ने व्यवस्था गरिएको उनको भनाइ छ ।

अनलाइनमा फारम भर्न ग्लोबल आईएमई बैंकको तोकिएका शाखामा आवेदन शुल्क भने पहिले नै बुझाउनु पर्नेछ । बैंकबाट रकम जम्मा गरेको कोड राखेपछि मात्रै अनलाइन फारम भर्न सकिनेछ । साथै मेसिन रिडेबल पासपोर्ट (एमआरपी) अनिवार्य हुनेछ । गतवर्षदेखि नै विभागले एसआरपी अनिवार्य गरेको थियो ।

नेपालबाट सन् २००८ देखि इपीएसमार्फत प्रशिक्षार्थी कामदार कोरिया जान थालेका हुन् । आकर्षक कमाइ हुने भएकाले कोरिया जान खोज्ने युवाको संख्या उच्च छ । यो वर्षको परीक्षा २०७४ सालको जेठ २७ र २८ गते हुनेछ । परीक्षा स्थल र समय भने २०७४ सालको जेठ १९ गते सार्वजनिक हुनेछ ।आगामी वर्ष कोरियाले १० हजार २ सय नेपाली कामदार लैजाँदैछ । उत्पादनमूलक क्षेत्रमा ४ हजार र कृषि क्षेत्रमा ६ हजार दुई सय नेपाली लैजाने तयारी छ । तर पोखराबाट भने कति जना प्रशिक्षार्थी हुन्छन भन्न फर्म भरेपछि मात्र थाहा हुने पोखराका विश्वमैत्री कोरियन ईन्स्टिच्युट संस्थाले जनाएको छ ।

एक व्यक्तिले एउटा क्षेत्रमा मात्रै आवेदन दिन पाउनेछ । जुन क्षेत्रका लागि परीक्षा आवेदन फारम भरेको हो भाषा परीक्षा उत्तीर्ण भएपछि त्यहि क्षेत्रमा मात्र रोजगार आवेदन फाराम भनर्नुपर्नेछ । उत्पादनमूलक क्षेत्रमा र्फम भर्नेले तीन उपक्षेत्र र कृषितर्फ दुई उपक्षेत्र छनौट गर्नु पर्नेछ ।

यसरी भर्नुहोस् फारम
अनलाइन फारम भर्न https://eoers=epsnepal=gov=np/ df लउर मा जानुपर्छ । फारम भरेपछि परीक्षार्थीको इमेलमा प्रवेशपत्र आउनेछ । जसलाई रंगीन प्रिन्ट गरेर परीक्षा दिन जाँदा लैजानुपर्छ । परीक्षा दिन जाँदा सक्कल एमआरपी पनि लैजानुपर्छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply