बोवाङ, (ढोरपाटन) २०७५ फागुन २७ । यसपालि निकै हिउँ प-यो, रबि बाली (गौँ जौँ) को उत्पादन बढ्छ कि घट्छ, यस्सै भन्न सकिएन, ठीक्क मात्रामा हिमपात भए त रबि बाली (चास) लाई मलजल हुन्थ्यो पटक/पटक हिउँ परेको छ, केहि उत्पादन घट्छ कि … भनेर बोवाङका एक किसानले आशंका व्यक्त गरे ।
खासगरी यस क्षत्रमा धान खेती हुँदैन, कहिँ कतै कसैले धान रोप्ने त गर्छन् तर त्यति राम्रो नफल्ने भएकाले मकै, गौँ जौँ नै यहाँको मुख्य बाली मानिन्छ । यस वर्षको मौसम अलि बढीनै चिसो भएकोले रबि बाली (चास)को उत्पादन बढ्दैन कि ? कसै कसैले आशंका जनाए ।
गौँ जौँमा बाला लागेको छ, केहि दिन पछि त पाकीपनि हाल्ला, हेरौँ के हुन्छ, भन्छिन बोवाङकी दिलमायाँ अदै ।
तस्बीर- हिमकुमारी अदै बोवाङ/अस्मिता कायत बोवाङ ।