Sorry, that menu does not exist.
 

प्रभु बैँकको शाखा उपल्लो बजारबाट धौलागिरी चोकमा स्थानान्तरण, नगरप्रमुखले गरे उद्घाटन !

हेम विश्वकर्मा, बुर्तिबाङ २०७५ फागुन २७ । ढोरपाटन नगरपालिका वडा नं १ बुर्तिबाङ स्थित उपल्लो बजारमा रहेको प्रभु बंैकको शाखा कार्यलय धौलागिरी चोकमा स्थानान्तरण गरिएको छ । आज एक कार्यक्रमको आयोजना गरी स्थानान्तरित शाखा कार्यालयको नगरप्रमुख देबकुमार नेपालीले रिवन काटेर उद्घाटन गरे ।

कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख नेपालीले बुर्तिबाङ बजारमा बिस्तारिदै गएका बित्तिय संघ सँस्थाहरुले सामान्य स्तरका जनतालाई राहत दिन सक्नुपर्ने बताउदै न्युन आर्थिकस्तर भएका कृषकलाई कृषि कर्जा सँग जोडी न्युनतम ब्यजदरमा लगानी गर्नुपर्नेमा जोड दिए । सोही अबसरमा नगरप्रमुख नेपालीलाई बैंकको तर्फबाट मायाको चिनो प्रदान गरिएको थियो ।

नेपालमा १७० वटा शाखा कार्यलय रहेको प्रभु बैँकले शिक्षा , कृषि ब्यापार लगाएतका क्षेत्रमा लगानी गर्दै आएकोे छ ।

कार्यक्रममा इलाका प्रशासन कार्यलयका नवागत प्रमुख अमृत सुवेदी, उद्योग वाणिज्य सघं बुर्तिबाङ इकाईका अध्यक्ष चिन्तामणि र्शमा, वडा नं १ का वडा अध्यक्ष चित्र बहादुर भण्डारी, लगाएतले बोल्दै समय सापेक्ष सेवा बिस्तार गर्नका लागि बैंकलाई सुझाव दिएका थिए ।

यस्तै कार्यक्रमा बुतिबाङ बजार स्थित विभिन्न बैंङ्क तथा वितिय संस्थाका प्रतिनिधि ,जनप्रतिनिधि, समाजसेवी , पत्रकार लगाएतको उपस्थिति रहेको थियो ।

कार्यक्रम बैंकका संस्थापक सदस्य उतम राजभण्डारीको अध्यक्षता , प्रभु बैंक गल्कोट शाखाका प्रमुख कृष्णहरि भण्डारीको स्वागत मन्तव्य तथा बुर्तिवाङ शाखाका शाखा प्रमुख खिम केसीको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply