सुरेश छन्त्याल, पाण्डबखानी २०७५ फागुन २८ । पूर्ण सरसफाइ युक्त गाउँ सहर अब हामीलाई छैन कुनै राेगकाे डर भन्ने नारा लेखिएको हरियाे स्टिकर टास्ने कार्य हिजाेदेखि सुरु भएको छ। अज सम्म संञ्चालन हुने पूर्ण सरसफाइ अभिमुखिकरण तालिम सुरु भएको छ।
गल्काेट नगरपालिका १० पाण्डबखानीलाइ पूर्ण सरसफाइ युक्त बनाउने अभियानमा गल्काेट वास संयाेजक दुर्गा छन्त्याल, दिलमाया धले, रामदेवि चनरा, शुसिला पाण्डेले सहजीकरण गरेका थिए। खानेपानी सरसफाइ र स्वच्छतालाई मानिसकाे जीवन पद्धतिसंग कसरी व्यवस्थापन गर्ने,पूर्ण सरसफाइका सूचकहरु पूरा गर्ने र गर्नुपर्ने,पुर्ण सरसफाइ बारेमा छलफल पुर्ण सरसफाइ सुचकहरु पूरा गर्ने घरमा हरियो स्टिकर तान्ने क्रममा हिजाेबाट पहिलाे पटक सरसफाइका सुचकहरु पूरा गरेकाे भन्दै पहिलोपटक पत्रकार सुरेश छन्त्यालकाे घरमा हरियो स्टिकर तासेकाे संयाेजक दुर्गा छन्त्यालले जानकारी दिए । अब याे कार्य निरन्तरता हुने संयाेजक छन्त्यालले बताए।
त्यस्तै गलकाेट नगरपालिका १० पाण्डबखानीमा रहेकाे नव ज्याेति प्राविमा अभ्यास शिक्षणमा अाएका पाण्डबखानी माध्यमिक विद्यालयका कक्षा १२ का विद्यार्थीहरुलाइ विदाइ कार्यक्रम सम्पन्न भएको छ।व्यवस्थापन समितिका अध्यक्ष कमला थापाकाे अध्यक्ष समाजसेवी मानसिह छन्त्यालकाे प्रमुख अाथितिथ्यतामा ४२ हजार निजि स्राेतका शिक्षकलाइ हस्तान्तरण अागामी वर्षकाे नयाँ सत्रबाट समाजसेवी छन्त्यालले विद्यालयलाइ विद्यार्थीकाे लागि खाजा खर्च १० हजार दिने घाेषणा गरे । कार्यक्रम अविभावक कुर्चि खेल,शिक्षा,स्वास्थ सरसफाइ शिक्षामा अविभावकलाइ हस्त लेखन कार्यक्रम सम्पन्न संगै कार्यक्रम संञ्चालन प्रध्यानापक अाशा श्रीसले गर्नु भएको थियाे।