Sorry, that menu does not exist.
 

पहिचानको लडाई सुरु भएकाले सबैले आआफ्नो पहिचान बनाउन लाग्नु पर्छ -सांसद थकाली

केशव बि.क. मुस्ताङ, २०७३ चैत १० । हिमाली जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिका अन्तर्गतको ऐतिहासिक थाक ठिनी गाउँमा स्थापित थकाली संग्रालयको बुधवार एक समारोहका बिच उदघाटन गरिएको छ । संग्रालयको सांसद श्रीमाया थकालीले उदघाटन गरेकी हुन् ।

संग्रालयको उदघाटन गर्दै सांसद थकालीले थाक पाँच गाउँको कला संस्कृतिको जगेर्ना गर्न घरपझोङ गाउँपालिकाको ठिनी गाउँमा संग्रालय स्थापना गरिएकोमा खुःशी व्यक्त गर्दै अब पहिचानको लडाई सुरुवात भएकाले सबैले आआफ्नो पहिचान बनाउन लाग्नु पर्ने बताइन् ।

त्यसैगरी प्रमुख जिल्ला अधिकारी भीमराज पोखरेलले संस्कृति नरहे हामी पनि नरहने भन्दै संस्कृतिको संरक्षण र जगेर्ना गर्नुपर्नेमा जोड दिए । त्यस्तै घरपझोङ गाउँपालिकाकी कार्यकारी अधिकृत मैयाँ कडेलले संग्रालयले पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने बताईन् ।

कार्यक्रममा समाजसेवी कुल बहादुर थकाली, नागरिक अगुवा चन्द्र बहादुर थकाली, संग्रालयका अध्यक्ष रत्न बहादुर थकालीले शुभकामना मन्तव्य र सचिव कर्ण बहादुर थकालीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

घरपझोङको पहिचान झल्काउने उक्त संग्रालय जिल्ला विकास समितिको ३ लाख ५० हजार सहयोग र गाउँलेको १ लाख २७ हजार ४९५ रुपैयाँ गरी जम्मा ४ लाख ७७ हजार ४९५ रुपैयाँको लागतमा निर्माण गरीएको र खर्च ४ लाख ८७ हजार ४९५ भएको संग्रालय निर्माण समितिका सचिव कर्ण बहादुर थकालीले बताए ।

संग्रालयमा पुराना हातहतियार (न्हेवा), थकाली, लम र आय लम भेषभूषा, गरगहना (म्ह्ई, धुई, नतरु, म्हेल्चा), कृषि औजारहरु लगायतका साँस्कृतिक पौराणिक महत्वका सामाग्रीहरु राखिएको छ ।

कार्यक्रम संग्रालयका अध्यक्ष रत्न बहादुर थकालीको अध्यक्षता, सदस्य सन प्रसाद थकालीको स्वागत र सदस्य जमुना थकालीको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply