Sorry, that menu does not exist.
 

कैफियतको पराकाष्टा : लोकल मिडियालाई नै थाहा नदिईएको सार्वजनिक सुनुवाई … !

बागलुङ २०७५ चैत २ । जिल्ला आयोजना कार्यान्वयन ईकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) बागलुङले बडीगाड गाउँपलिकाको ग्वालिचौरमा चैत १ गते गरेको सार्वजनिक सुनुवाई कार्यक्रम स्थानीय मिडियालाई पत्तै दिईएन ।

बडीगाड गाउँपालिकामा जिल्लाकै पहिलो एफएम रेडियो सारथी प्रशारण भैरहेको छ भने अन्य सन्चारमाध्यमहरु क्रियाशील रहेको अवस्थामा आयोजक निकायले स्थानीय सन्चारकर्मीहरुलाई कुनै जानकारी नदिनु पछीको कैफियतबारे ईबागलुङलले इकाईका प्रमुख रामाशीष साहसंग जिज्ञासा राख्दा उनले व्यक्तिगत कुने पत्रकारलाई निमन्त्रण दिएको होईन, नेपाल पत्रकार महासंघ बागलुङलाई पत्राचार गरेको बताउदै स्थानीय पत्रकारहरुलाई महासंघले सूचना दिनुपर्ने हो भनि उम्किन खोजे । पत्रकार महासंघलाई पत्राचार गरेको भए महासंघले आफ्नो आधिकारिक फेसबुकमा यसको सूचना प्रकाशित गथ्र्यो र सबै पत्रकारहरुलाई जानकारी हुन्थ्यो भन्दा प्रमुख साहले भने, त्यो जिम्मा पत्रकार महासंघको भएको बताए । सार्वजनिक सुनुवाई कार्यक्रममा बागलुङबाट कति जना पत्रकारहरु जानु भएको थियो त ? भन्ने प्रश्नमा उनले ६ जना पत्रकारलाई लिएर गएको बताए, तर पत्रकारहरुको नाम भने बताएनन् ।

बडीगाडको खर्वाङ स्थित रेडियो सारथीका सम्पादक कमल पौडेललाई बडीगाड गाउपालिकामा भएको सार्वजनिक सुनुवाई कार्यक्रमका सम्वन्धमा जानकारी लिन खोज्दा उनले आफुलाई यस्को कुनै जानकारी नभएको बताए ।

आयोजक संस्थाले सार्वजनिक सुनुवाई सम्वन्धि पत्र नेपाल पत्रकार महासंघ बागलुङलाई लेखेको हो भनेर उम्कन खोज्यो त भन्दा पौडेलले भने, पत्रकार महासंघलाई पत्राचार गरेको भए त महासंघको आधिकारिक फेसबुक मार्फत सबैलाई जानकारी हुन्थ्यो, महासंघको म्यासेन्जरमा त त्यो सम्वन्धी कुनै जानकारी दिईएको छैन त ।

जिल्ला आयोजना कार्यान्वयन ईकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) बागलुङले बडीगाडको ग्वालिचौरमा आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रमको निम्तो सदमुकामका आधा दर्जन पत्रकारहरुले मात्र पाउनु र कार्यक्रममा सरिक हुनु, आयोजनास्थलमै क्रियाशील पत्रकारहरुलाई जानकारी नदिईनुलाई कैफियतको पराकाष्टा मानिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply