दिनेश शर्मा पोखरा २०७५ चैत ३ । आज देखि पोखरामा ३ दिने कृषि पत्रकारिता आधारभुत तालिम सुरु भएको छ । कृषि ब्यवसाय प्रबर्द्धन सहयोग तथा तालिम केन्द्र गण्डकी प्रदेश मालेपाटन पोखराको आयोजना र खोज पाठशाला पोखराको समन्वयमा भएको कार्यक्रममा आज पहिलो दिन कार्यक्रमका सम्योजक कुलराज चालिसे र आर सि टाइम्सका सम्पादक रामचन्द्र बरालले पत्रकारिताको बाह्रखरी र कृषि पत्रकारिताका आधारभुत काइदा, कृषि बिकासमा आम सन्चारको भुमिका एवम् कृषि पत्रकारको अवसर कृषि र अन्य समाचार बिच भिन्नता लगाएतका बिषयमा प्रोजेक्टरको माध्यमबाट प्रशिक्षण दिए।
दुई चरणमा गण्डकी प्रदेशका सबैपालिकामा एक पालिका एक कृषि पत्रकार उत्पादन गर्ने लक्ष्य रहेको आयोजकले जनाएको छ। तालिममा गण्डकी प्रदेश अन्तर्गतका २१ ओटा पालिकाका २१ जनाको सहभागिता रहेको छ।
यो पहिलो चरणको कार्यक्रममा अनिल सुवेदी, रामचन्द्र बराल, कुलराज चालिसे ,शरद चन्द्र श्रेष्ठ, सावित्री बराल,वसन्त अधिकारी,शुशिला रेग्मी लगाएतले तालिम प्रदान गर्ने आयोजकले जनाएको छ।
कार्यक्रममा स्याङ्जा जिल्लाकाे चापाकोट नगरपालिकाबाट माधब भट्टराई ,गल्याङ नगरपालिकाबाट लक्ष्मण अधिकारी,कालिगन्डकी गाउपालिकाबाट बिनोद भट्टराई ,पुतलीबजार नगरपालिकाबाट सुशील पौडेल, मनाङको चामे गाउपालिकाबाट देबेन्द्र गुरुङ बागलुङको बडिगाड गाउपालिकाबाट दिनेश शर्मा लगाएत २१ जनाको सहभागिता रहेको थियो।