Sorry, that menu does not exist.
 

बाली तथा पशुपक्षि सम्बन्धी बिमा अभिकर्ताको आधारभुत तालिम कुश्मा बजारमा सम्पन्न

निर्मल पौडेल, पर्वत २०७५ चैत ४ । अजोड इन्स्योरेन्स लिमिटेड कुश्मा शाखाको आयोजनामा यहि चैत्घ २ र ३ गते कुश्मा बजारमा बाली तथा पशुपक्षि सम्बन्धी बिमा अभिकर्ताको आधारभुत तालिम सम्पन्न भएको छ । तालिमको अबसरमा अजोड इन्स्योरेन्स लिमिटेडका सहायक महाप्रबन्धक अनिल कुमार अर्यालले बिमाको परिचय, बिमा ब्यावसायको बर्तमान अबस्था र चुनौति देखि यस क्षेत्रको बिकास र बिस्तारमा बिमा अभिकर्ताले निबार्ह गर्नुपर्ने भुमिका लगायतका बिषयमा आफ्नो धारणा राखेका थिए ।

त्यस्तै गरि अजोड इन्स्योरेन्स लिमिटेडका प्रबन्धक दिपक पोखरेलले बाली तथा पशुपक्षी बिमाको साथै अभिकर्ताको काम कर्तब्य र अधिकार तथा जिम्मेबारीको बिषयमा प्रकाश पारेका थिए । अभिकर्ताले कहिल्यै पनि गलत सुचना दिने र बिमकलाई घाटा हुने काम गर्नु हुँदैन भन्दै थप प्रष्ट पारे ।

अजोड इन्स्योरेन्सको बाली तथा पशुपक्षि सम्बन्धी बिमा अभिकर्ताको आधारभुत तालिममा झण्डै ५० जना भन्दा बढी अभिकर्ताहरुको सहभागीता रहेको थियो भने कार्यक्रमको सञ्चालन अजोड इन्स्योरेन्स कुश्मा शाखाका प्रमुख हरि सुवेदीले गरेका थिए । अजोड इन्स्योरेन्स लिमिटेड बिगत फाल्गुन महिनादेखि कुश्मा बजारको लोकतान्त्रिक चोकमा रहेर पर्वत जिल्लामा हुने ननलाईफ इन्स्योरेन्सको काम गर्दै आएको छ । यसमा सवारी साधन, गाईबस्तु, पशुपंक्षि, बाली, घर तथा ब्यापार ब्यावसाय लगायतको इन्स्योरेन्स हुँदै आएको कुस्मा शाखाका प्रमुख हरि सुवेदीले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply