मित्र खरेल, गल्कोट २०७५ चैत ५ । गल्कोट नगरपालिका ९ का अध्यक्ष तेजबहादुर थापाले सडक निर्माण गर्दा बलियो र टिकाउ गराउनु पर्ने बताएका ाछन् । अध्यक्ष थापाले मल्म, रिघा र सिसाखानी जोड्न मोटरबाटो निर्माण कार्यको शुभारम्भ गर्दै सडक एक वर्ष पनि नटिक्ने खालको बनाउन नहुने बताए ।
मध्यपहाडी लोकमार्गको नगरपालिका ९ बडागाउँ खानीखोला देखी रिघा र सिसाखानी जोड्ने मा्टरबाटो निर्माण गर्न गण्डकी प्रदेश सरकारबाट पूर्वाधार विकास परियोजना कुस्मा पर्वत बाट चालु आवमा विनियोजित रु ५० लाख बजेटबाट सडक निर्माण गर्न लागिएको गल्कोट ११का अध्यक्ष डम्मर श्रीसले जानकारी दिए ।
७ मिटर चौडाई भएको सो मोटरबाटो १७ सय मिटर कटान गरिने ४ सय मिटर नाली बनाईने, ४० मिटर ढलान गरिने कम्पनिका सुपरभाईजर कुमार काकीैले जानकारी दिए । सडक निर्माणको जिम्मा नयाँयुग कन्स्ट्रक्सन प्रालि कुपुण्डोल ललितपुरले लिएको छ ।