बागलुङ २०७५ चैत ६ । हिन्दुहरुले प्रत्येक वर्षको फागुन शुक्ल पूणिर्मा अर्थात फागु पूर्णिमाको दिन मनाउने होली पर्वको उल्लास जताततै देखिन थालेको छ । विहानै देखी युवा युवती, केटाकेटी, प्रौढ सबैमा होली अर्थात फागुको राौनक चढेको छ ।
यसै सिलसिलामा विहान सवेरै हातमा (रङ/अविर) बोकेर प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेल बागलुङ कारागारका कैदी बन्दीहरुबीच पुग्दा निकै उल्लासपूर्ण वातावरण बन्यो । होली (फागु पूर्णिमा पर्व) प्रमुख जिल्ला अधिकारी खरेलसंग मनाउन पाएकोमा कारागारमा रहेका कैदीबन्दीहरु मख्ख भए ।
प्रमुख जिल्ला अधिकारी खरेलले कैदी बन्दीहरुलाई अवीरको टीका लगाई दिए भने उनिहरुबाट आफुले टीका थापेर यस वर्षको महान पर्व होलीको शुभारम्भ गरे ।
विविध कारणबाट कैदी बन्दी जीवन बिताउन बाध्य हुनु परेको चर्चा गर्दै प्रजिअ खरेलले आजको महान पर्व (फागु पूर्णिमा होली पर्व) उल्लासमय वातावतरमा खुशी पूर्वक मनाउन कैदी बन्दीहरुलाई उत्साहित बनाए । उनले कारागार जीवन पछी बाहिर गएर यस्तै उल्लास र खुशीयाली जीवन विताउन शुभकामना पनि दिए ।
प्रजिअ खरेलले कारागारमा रहेका पुरुष/महिला दुबै कैदीबन्दीहरुसंग होलीका खुशियाली मनाई रहँदा कैदीबन्दीहरुलाई आफु कारागारमा रहेको आभास सम्म नभएको बताईरहेका थिए ।
आजको तस्वीर : कारागारमा प्रजिअको होली, कैदी बन्दी मख्ख !
२०७५ चैत्र ६, बुधबार ०९:२६
Footer Slider, Top News, अन्य समाचार, विविध
Related Posts
२०७८ आश्विन १९, मंगलवार १९:०६
फ्यूचर ब्राईटरको व्यवस्थापकीय कमजोरीको कारण दुई विद्यार्थी घाइते
२०७८ श्रावण १८, सोमबार १०:२०