हेम विश्वकर्मा, बडीगाड २०७५ चैत ६ । बडीगाड गाउँपालिका ३ सिसाखानी तारञ्जा स्थित कञ्चनापुर प्राथमिक बिद्यालयलाई आधारभुत तह सञ्चालनका लागि देश बिदेशबाट गरी साढे २ लाख बढी आर्थिक सहयोग प्राप्त भएको छ ।
रोजगारीको सिलसिलामा देश बिदेशमा रहेका सिसाखानीबासी तथा स्थानिय शिक्षा प्रेमी ब्यक्तिहरुबाट २ लाख ५७ हजार ३० रुपैँया आर्थिक सहयोग जुटेको हो ।
सहयोग गर्नेहरुमा बिद्यालयका प्रद्यानाध्यापक समेत रहेका पुनाराम गिरि रु. २५ हजार रुपैयाँ, शिक्षिका सरिता रोका भुजेल रु.२० हजार ५ रुपैयाँ , बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष धनप्रसाद शेरचन रु. १७ हजार ५ सय रुपैँया , स्थानियहरु जीवन थापा रु. २२ हजार ५ सय रुपैयाँ , तुलसि भुजेल रु.२० हजार रुपैँया , अस्मिता बि.क रु. १० हजार १० रुपैँया , सग बहादुर थापा १५ हजार रुपैँया , ओम प्रकास बि.क १२ हजार रुपैँया र मानसिङ बि.क ११ हजार रुपैँया लगाएत २८ जना रहेका छन् ।
बिद्यालय लगाएत सिङ्गो गाउँनै पानीको अभाबमा काकाकुल
अधिकांश दलित र जनजातिको बसोबास रहेको सो स्थानमा बि.स २०३६ सालमा स्थापना भएको सो बिद्यालयलाई राज्यले समेत चासो नदेखाएको र खानेपानीको समेत चरम समस्या भएकाले स्थानियहरु हिँउद याममा काकाकुल जस्तै बन्ने अबस्था आएको भनि आफुहरुले सक्दो सहयोग गरेको स्थानियले बताएका छन्
१ सय २० जना बिद्यार्थीले अध्ययन गर्दै आएको सो बिद्यालयमा अधिकांश गरीब पारिवारिक पृष्ठभुमीका दलित बिद्यार्थीहरु छन । कतिपय विद्यार्र्थीले पढनका लागि आबश्यक पर्ने कापी, कलम लगायतका शैक्षिक सामाग्रीहरु खरिद गर्ने हैसियत समेत राख्दैनन्न् । यस्तो परिस्थितिमा बालबालिकाहरु चाहेर पनि बिद्यालय आउन नसकेको अवस्था रहेको छ । कक्षा ६ देखि कक्षा १० सम्म अध्ययन गर्नका लागि बिद्यार्थीहरु घण्टौ टाढा हिडेर सिसाखानी मा.बि जानुपर्ने अबस्था छ ।
त्यसको अन्त्यका लागि बिद्यालयको आर्थिक तथा भौतिक सुधारका लागि आर्थिक स्थितिमा गठित बिभिन्न समिति तथा उपसमितिहरुले चन्दा सँकलनको अभियान अगाडि बढाएका थिए । सोही अनुरुप देश बिदेश बाट सहयोग जुट्नेक्रम जारी रहेको छ ।
बिद्यार्र्थी तथा अभिभाबकले सरकारी बिद्यालयमा पढेर केहि गर्न सकिदैन भन्ने मानसिकता त्यागी सरकारी बिद्यालयको गुणस्तर सुधार्न सबै पक्ष उत्तिकै जिम्मेबार भएर लाग्न जरुरी रहेको बताउँदै बिद्यालयले थप सहयोगको अपेक्षा राखेको बिद्यालयका प्रद्यानाध्यापक पुनाराम गिरिले बताए ।
सहयोग गरिदिन बिद्यालयको अपिल
यदि कसैले सहयोग गर्न चाहानुभएको खण्डमा नेपाल बैंक लिमिटेडको खाता नं ०२२००१००४०५७६१००००००१ र प्रभु बैंकको खाता नं १६८००१०१२०८५६००००००१ अथवा बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष धन प्रशाद शेरचनको फोन नं ९८४६७१४४९१ , प्रद्यानाध्यापक पुनाराम गिरि ९८४७६३३१५३ र शिक्षक अभिभाबक संघका अध्यक्ष शेर बहादुर घिमिरे ९८६७७१७५७६ मा संम्पर्क गर्नुहुन अनुरोध गरिएको छ ।
सहयोगदाताहरुको नामावली-