शीला पाण्डे, पर्वत कुस्मा २०७५ चैत ८ । लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बी १ नेपालका सेकेण्ड भाइस गभर्नर पदका उम्मेदवार विशेश्वर आचार्यले पर्वतबाट शतप्रतिशत एसमत प्राप्त गर्ने जनाइएको छ । उम्मेदवार आचार्य लायन्समा आफ्नो उम्मेदवारीबारे जानकारी गराउन र भावी रणनीतिबारे छलफल गर्न शुक्रबार पर्वतको कुश्मा आएका हुन । आज होटेल बन्दनामा एक कार्यक्रमको आयोजना गरेर आफ्नो उम्मेद्बारीको जानाकारी गराएका हुन।
उक्त कार्यक्रममा पर्वतका ७ वटा क्लबका अध्यक्ष, रिजन, जोन चियर पर्सनका साथै लायन्सका अगुवाहरूले आचार्यलाई पर्वतबाट शतप्रतिशत एसमत जाने जनाए ।
उनीहरूका अनुसार , ‘लायन्सलाई नयाँ बाटोमा दौडाउन सक्ने हैसियत विशेश्वर आचार्यमा मात्र रहेको बताउदै, हामी उहाँलाई शतप्रतिशत एसमत दिन्छौं । उहाँले पनि हाम्रो माया र योगदान भुल्न नहुने प्रष्ट पारे ।’ साथै लायन्स र विशेश्वर आचार्य एक अर्काका परिपूरक भएको भन्दै उनीहरूले विशेश्वर बिना लायन्स अधुरो हुने बताए ।
उनीहरूले जातीय र राजनीतिक खोल ओढेर आउनेलाई कदापि स्वीकार नगर्ने बताउदै, ‘लायन्स पवित्र सामाजिक संस्था भएको उल्लेख गर्दै । लायन्समा रंग , जात, वर्ग नहुने भन्दै उनीहरुले यसको खुलेर विरोध गर्ने जनाए । लायन्समा राजनीतिक र जातीय गन्ध आउन नहुनेमा सहभागी लायन्सहरुको जोड थियो ।
लायन्सका सिनियर एडभाइजर वसन्तकुमार कर्माचार्यले आशा र भरोषा गर्न लायक व्यक्तित्व विशेश्वर आचार्यमात्र भएको भन्दै पूर्ण समर्थन हुने स्पष्ट पारे । उनले धवलागिरिका सबै वासिन्दालाई पायक पर्ने आँखा अस्पताल आवश्यक रहेको भन्दै यसमा डिष्ट्रिक्टको ध्यान जानुपर्ने खाँचो औंल्याए ।
कुनै पनि पार्टीमा नलागी आफ्नो कर्तव्य सम्झेर सबै तहमा समान कार्यमा लागि पर्न आग्रह समेत गरे। जहिले पनि आफुले नेतृत्व चयन गर्दा हतारमा गरेर पछुतो मान्नु भन्दा सोचेर आफ्नो निर्णय लिनु पर्ने बताउदै आफ्नो साथ र सहयोग आचार्यलाई रहने बतए।
कोचिफ एडभाइजर काशिकुमार कर्माचार्यले धवलागिरि प्रवेशले उत्साह जगाएको भन्दै पर्वतका साथै समग्र धौवलागिरिको एउटै साझा धारणा बनाएर अघि बढ्ने प्रतिवद्धता जनाउदै । कुनै पनि राम्रा कार्यक्रमलाई अगाडि वढाउने र उनले आचार्यले लायन्सलाई नयाँ ढंगले अघि बढाउने विश्वास समेत व्यक्त गरे निर्वाचनबाट वाक्क परेको बताउदै निर्वाचन नभै सहमतिमै मार्ग निर्देशन भएको देख्न चाहेको र सर्बसहमती बाट नै नेतृत्व चयन होस भन्ने चाहेको उनको भनाइ थियो । साथै निर्वाचन बाट नै निकाश आउने अबस्था भयो भने आफुले आचार्यलाई रोज्ने बताए ।
रिजन चियर पर्सन सरस्वती भण्डारीले आचार्य लायन्स हाँक्न सक्ने योग्य व्यक्तित्व भएको भन्दै पर्वतका साथै धौवलागिरिकै शतप्रतिशत एसमत जाने बताउदै शुभकामना ब्याक्त गरिन ।
जोन चियर पर्सन अजिता शर्माले चुनाब हुनु आफैमा नराम्रो भएको बताउदै जस्ले आजिवन कल्बमा लागेर सामाजिक काममा नै आफ्नो समय बेतित गरेको मान्छे र सफल नेतृत्वले ठाउ पाउनु पर्ने स्पष्ट पार्दै आफूले आचार्यलाई सघाउने बताइन । उनले मोफसलका क्लब तथा लायनहरूलाई गाइड गर्ने व्यक्तित्व आवश्यक भएकोे भन्दै यसमा डिष्ट्रिक्टको ध्यान जानुपर्ने बताउदै लायन्समा सबैको महत्व र भूमिका रहनुपर्नेमा जोड दिइन। उनले एउटा नेतृत्वले ल्याएका राम्रा कामहरू अर्को नेतृत्वले पनि निरन्तरता दिनुपर्ने खाँचो औंल्याउँदै क्याविनेट र क्लब बीचको आत्मीयता पनि बढाउन आवश्यक रहेको बताइन।
कार्यक्रममा म्याग्दिका सिनियर एओजि सन्तोष रावल, लाइनस कल्ब सिवालयका अध्यक्ष मानकुमारी गिरि ,लाइन्स कल्ब अफ कुश्मा सिटिका अध्यक्ष सर्स्वाती शर्मा जिज्ञासु, लाइन्स कल्ब अफ पर्वत मोदिकालिका प्रथम उपाध्यक्ष बद्री पौडेल ,बृज सिटिका अध्यक्ष बिमल शर्मा पौडेल ,लाइन्स कल्ब अफ गुप्तेश्वरका अध्यक्ष हरिओम शर्मा लगायत बोलेका थिए ।
लायन्स क्लव अफ पोखरा सेन्ट्रलका अध्यक्ष रामजी घजुको अध्यक्षतामा भएको कार्यक्रममा क्लबका पूर्व अध्यक्षद्वय माधवप्रसाद पौडेल, मिलन सुवेदी बोलेका थिए भने कार्यक्रमको सन्चालन लायन्स क्लव अफ पोखरा सेन्ट्रलका पुर्व अध्यक्ष पृथ्वीराज तिमिल्सिना गरेका थिए ।
आचार्यका भनाइहरु
• सधै आफुले आफ्नो तर्फबाट लायन्सका पदाधिकारीहरुको साथ र सहयोगमा रहने आचार्यको भनाइ ,
• उम्मेदवार विशेश्वर आचार्यले धवलागिरिमा आएपछि आफू निकै उत्साहित भएको भन्दै सदैव साथमा रहने प्रतिवता जनाए ,
• उनले लायन्समा भएका विकृति विसंगति अन्त्य गर्दै अघि बढ्ने प्रतिवद्धता जनाए ,
• लायन्समा आफ्नो ठूलो सपना रहेको उल्लेख गर्दै उम्मेदवार आचार्यले , ‘सपना एकल प्रयासले मात्र पूरा नहुने र सबैको साथको खाचो रहेको बताए ,
• अदृश्य हातको आवश्यकता पर्ने उनको भनाइ,आफूले सबैको सल्लाह र सुझाव अनुसार अघि बढेको भन्दै उनले आफ्नो यात्रा पूर्ण नभएसम्म विश्राम नलिने स्पष्ट पारे ।
• आफू सेकेण्ड भाइस डिष्ट्रिक्ट गभर्नर पदमा निर्वाचित हुने वित्तिकै लायन्समा लाग्नेहरूलाई सृमद्धितर्फ उन्मुख गराउन प्रयास गर्ने बताए ।