Sorry, that menu does not exist.
 

ठाउँठाउँमा चोरी गर्दै हिँड्ने एक एसईई परीक्षार्थी सहित २ जना रु ६० हजार नगद सहित पक्राउ !

भरत सापकोटा, बिहु (बागलुङ) २०७५ चैत ८ । काठेखोला गाउँपालिकाका वडा नं ५ र ६ बिहुँका विभिन्न स्थान पसल फोडी चोरी गर्दै हिँड्ने दुईजना अभियुक्तलाई प्रहरी चौकी धम्जा बिहुँले आज पक्राउ गरेको छ । चौकीका ईन्चार्ज प्रसनि गजेन्द्र बहादुर थापाका अनुसार उनिहरुको साथमा रहेको झोलाबाट नगद रु ५९ हजार ५ सय १ रुपयाँ समेत बरामद भएको छ ।

प्रहरीका अनुसार आज पक्राउ गरिएका अभियुक्तहरु काठेखोला गाउपालिका ६ सौरनीका बुद्धि सुनार र काठेखोला गाउपालिका वडा नं ५ देउरालीका मीठु भनिने हर्कबहादुर सुनार रहेका छन् ।

अभियुक्तहरु

निजहरुले केहि समय देखी विभिन्न पसलहरु फोडी चोरी गर्ने गरेको स्वीकार गरेको प्रसनि थापाले ईबागलुङलाई बताए । आज पक्राउ गरिएका अभियुक्तमध्य १५ वर्षिय बुद्धि सुनार भिमसेन मावि बिहुँबाट यहि चैत १० गतेदेखी सुरु हने माध्यमिक शिक्षा परीक्षा(SEE)मा सम्मिलित हुने परीक्षार्थी हुन् । यसैवीच भिमसेन माविका प्रअ रघुपति कँडेलले निज बुद्ध सुनार गत मंसिर सम्ममात्र विद्यालयमा हाजिर रहेको र हाजिर दिन नपुगेको एसईईमा सम्मिलित हुन नपाउने बताए ।

प्रहरीले दिएको जानकारी अनुसार गत चैत ३ गते काठेखोला गायपालिका वडा नं ६ बिहुँ हटिया छविलाल कँडेलको पसल फोडी नगद ५२ हजार र रिचार्ज कार्ड रु ५ हजारको चोरी गरेको स्वीकार गरेका छन् । त्यस अघी काठेखोला गाउपालिका ६ इनारपानीबाट खिमानन्द कँडेलको जाहेरी अनुसार नगद जिन्सी समेत रु ५१ हजार चोरिएको जाहेरी परेको तर निजहरु जम्मा १५ हजार चोरेको स्वीकार गरेको प्रहरीले जनााएको छ । यस्तै निजहरुले सोही वडाका हरिलाल कँडेलको घरमा समेत चोरी गरेको बताएका छन् ।

पक्राउ गरिएका निज अभियुक्तहरुलाई जिल्ला प्रहरी कार्यालय बागलुङमा पठाईएको प्रसनि थापाले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply