सचिन्द्र श्रेष्ठ,दुबई २०७५ चैत ९ । नेपालमा होली (फागु)को सुरुवात प्राचीन कालबाटै भएको इतिहासकारले उल्लेख गरेका छन् । लिच्छिवीकाल मल्लकाल हुँदै आजसम्म पनि होली मनाउने परम्परा कायमै छ ।सोहि अनुरूप प्रदेशि भुमिमा रहेर पनि अाफ्नो चाडपर्वलाई भब्य र सभ्य वातावरणमा मनाऊन यूएई दुबईमा रहेका टिकटक नेपाली TikTok Nepuae ले दुबईको ममजार पार्कमा भब्य रुपमा फागुपुर्णिमा एक आपसमा रङ लगाएर मनाएका छन ।
एम.डि. बोहोराको संयोजकत्वमा सम्पन्न कार्यक्रमा दुबई, अबुधाबि , रासअलखेमा ,सारजाह लगायतका क्षेत्रबाट लगभग ६०-७० जनाको उपस्थिति रहेको थियो । आपसमा रंगको उत्साह मनाऊदै एकताको ज्वलन्त उदाहरण दिदै नाचगान द्वारा सबैलाई मनमोहक पारेका थिए।
प्रबासको भुमिमा रहेर पनि आफ्नो कला , संस्कर्तिको जगेर्ना गर्नमा दुबई टिकटक नेपाली टिम सधै लागिपरेकका छन साथै बेला बेलामा च्यारिटी संकलन गर्दै नेपालमा रहेका दुखी गरिवको ऊपचारमा मलहमपट्टि लगाउने कार्य गर्दै आएको कुरा एम.डि. बोहोरा बताउछन ।
कार्यक्रममा दुबईमा आबद्द नेपाली संघ संस्थाका महानुभावहरुको बाक्लो उपस्थिती थियो भने स्थानिय मिडियाकर्मीहरु पनि रंगसगैको उत्साहको आन्नद लिदै तस्बिर खिच्न उत्साहित देखिन्थे।
यस अघिपनि TikTok Nepuae ले पिकनिको आयोजना गरेर संकलित रकम नेपालमा मृगौला पिडितलाई सहयोग गरेको थियो । नेपालमा होलि बिहिबार नै सकिय पनि प्रबाशमा शुक्रबार बिदाको दिन पारेर होली मानिएको थियो।
कार्यक्रमलाई आगामी दिनमा अझै भब्य र सामाजिक काममा सधै अग्रसर रहेर यो Tiktok का माध्यम बाट लागि परी रहने प्रयोगकर्ता अमित सापकोटा ले बताए।कार्यक्रम दिंनभर होलीमा रमाएर साझ मात्र समापन भएको थियो।