घनश्याम गौतम, गल्कोट २०७५ चैत १० । गल्कोट नगरपालिकाको कृषि शाखाको वार्षिक कार्यक्रम अन्तरर्गत वडा नं ३ का कृषकहरुलाई कृषि साम्रागी प्लाष्टिक टनेल वितरण गरिएको छ । नगरपालिका कृषि शाखाको ५० प्रतिशत अनुदान र स्वयम कृषिको ५० प्रतिशतमा गलकोट नगरपालिका वडा नं ३ भित्रका व्यवसायिक रुपमा कृषि गर्ने ११ जना कृषकलाई १९ थान प्लाष्टिक टनेल वितरण गरिएको हो ।
सामाग्री बितरण कार्यक्रमको अबसरमा किसानहरुलाई कृषि सामाग्री वितरण गर्दै वडा नं ३ का अध्यक्ष विरजंग भण्डारीले कृषकलाई आधुनिक तबरले कृषिमा व्यवसायिकरण गर्र्न आग्रह गरे । अध्यक्ष भण्डारीले कृषकले प्राप्त गरेको अनुदानलाई अनुदानको रुपमा मात्र नभई व्यवसायिकतामा रुपान्तरण गनुपर्नेमा जोड दिए । भण्डारीले अनुदान लिने र आत्मनिभरमुखी खेती अबलम्बन गर्ने प्रबृतिको अन्त्य गर्नुपर्ने पनि बताए ।
गल्कोट नगरपालिका कृषि शाखाको वार्षिक कार्यक्रम अन्तरर्गत ४ वटा मेटल बिन र ८ वटा मौरीको घार वितरण गर्ने अझै बाकी रहेको वडा अध्यक्ष भण्डारीले जानकारी दिए ।