छविलाल पाण्डे, बुर्तिवाङ २०७५ चैत १० । निसीखोला दोश्रो लघुजलविधुत आयोजनाको आयोजना, बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको आर्थिक तथा प्राविधिक सहयोगमा आजदेखि निसीखोला गाउँपालिका ४ स्थित आयोजनाको कार्यालयमा ३ दिने कम्युटराईज विलिङ तथा लेखा व्यवस्थापन तालिम सुरु भएको छ । आयोजनालाई व्यवस्थित एवम चुस्त दुरुस्त राख्नका निम्ती तालिमले सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।
बागलुङ जिल्लाका विभिन्न ६ जलविद्युत आयोजनाका व्यवस्थापक एवम सचिवको सहभागिता रहेको तालिमको उद्घाटन सत्रको कार्यक्रममा प्रमुख अतिथी निसीखोला गाउँपालिका अध्यक्ष तारानाथ पौडेलले बोल्दै जिल्लाभरको तालिम निसीखोला गाउँपालिका स्थित निसीखोला दोश्रो लघुजलविधुत आयोजनामा हुँदै गर्दा आफु खुसिभएको बताउँदै तालिमले विधुत व्यवस्थापन र आर्थिक व्यवस्थापनलाई चुस्त दुरुस्त राख्नमा मद्दत पुग्ने विश्वास व्यक्त गर्दे सफलताको कामना गरे ।
कार्यक्रममा निसीखोला दोश्रो जलविधुत आयोजना अध्यक्ष लोकिश्वर पौडेलको अध्यक्षता, सँस्थाका सल्लाहकार सम्योजक खिमविक्रम शाहि, सचिवालय सदस्य रमेश विक्रम शाहि लगाएतको आतिथ्यता रहेको कार्यक्रमम बैकल्पिक उर्जा प्रवद्धन केन्द्रका माधवकुमार कठायतले सहजिकरण गरेका थिए ।
तलिममा कार्यक्रममा निसीखोला दोश्रो , निसीखोला तेश्रो, भुजिखोला पाँचौ, ग्रिन्डीखोला सहकारी आयोजना, चाँचलघाट लघुलजलिविधुत आयोजना र ताराखोला जलविधुत लिमिटेडका व्यवस्थापक तथा सचिवको उपश्थित रहेको थियो ।
तालिम सँस्थाका सचिव मिलन हमालको स्वागत बैकल्पिक उर्जा प्रर्वधन केन्द्रका कृष्ण गौतमको सञ्चालनमा सम्पन्न भएको थियो।