खगेन्द्र विश्वकर्मा, गल्कोट २०७३ चैत १० । लोकगीतको उर्वरस्थल गल्कोट हिल बराहखोलमा जन्मिएका भविन बस्नेत बालापन देखी नै लोकगीत गाउदै आएका छन् । पछी उमेरले केही गरौ लोकगीत संगीतमा र गीत संगीतको माध्यमबाट गाँउठाउँलाई चिनाउने रहर थियो भविनमा तर १६ बर्से उमेरको जोस सागर भारतीय सेनामा जागीरे भएपछी उपयुक्त वातावरण भएन । जागीरमानै व्यस्त रहन पयो । आफ्नो पल्टनका विभिन्न कार्यक्रममा नेपाली गीत संगीतभने गाईनै रहन्थे ।
अक्सर बस्नेत छोटो समयको छुट्टीमा नेपाल आउदा पारिवारिक जीवन र आफ्न्तको भेटघाटको समयमा समय वित्ने भएकोले आफ्नै आवाजमा रेकर्डेट गीत भने तयार गर्न पाएका थिएनन्। तर त्यो माहोल लामो समय पछी बन्यो । उनले लोक गीत तथा लोक बाजाको प्रवर्दन र गीतका शव्दबाट जन्मभुमिको पेरीफेरी रहेर तारा हिल अर्गल बागलुङ गल्कोटका विभिन्न स्थलहरुलाई गीतमा समाबेस गरेर शव्द रचना गरे ।
आफनो गीत रचनामा गायक बस्नेतले वारी हिल पारी अर्गल, माथि ताराखोला कलकल बग्ने हाम्रो माया नाचम गाम सोल्टिनी जे जे होला होला स्थान विशेषका शव्दलाई समावेस गरेका छन् । अन्तरमा बागलुङको एतिहासिक कालिका मन्दीर चैते दशैको मेला गल्कोटको घुम्टे , ताराखोला गाँउपालिकामा पर्ने गाईघाटको झरना दरमखोलाको शिर ताराखोला त्यसै गरि हिल,अर्गल तारा, अमरभुमीमा मनाईने साँस्कृतिका मेलाहरु घुस्मेलीको एकादशीमेला ताराखोलाको ऐतिहासिक असारे मेलालाई उनले पन्चेबाजा गीतमा समावेश गरेका छन् ।
भविन बस्नेतको आफ्नै शव्दमा पोखरा लोकतारा २०७२ विजेता लोकप्रिय कलाकार रेशम निर्दोषले लय बनाएका हुन भने यस क्षेत्रमा जन्मेहुर्केकी गायिका फुलमाया केसी र शर्जक आफै स्वर दिएका छन् । गीतको भिडियो छायाँकन चितवनमा गरिएको छ । गीतमा ताराखोला गाउपालिकाको दृश्यहरु समाबेश गरिएको छ । गीतमा विमल केसी र तिना श्रेष्ठको प्रमुख अभिनय रहेको छ भने दुलाह दुलहीको रुपमा कमल चालिसे रुपा क्षेत्री रहेका छन्।
विमल तामाङको सज्जामा यकेन्द्र शारासंकरको निर्देशन रहको म्युजीक भिडियो बासु वरालले खिचेका हुन् ।