बागलुङ २०७५ चैत ११ । काठेखोला गाउपालिकाको वडा नं ६ बिहुँका विभिन्न स्थानमा चोरी गरेको अभियोगमा नगद रु ५९ हजार ५ सय १ सहित गत चैत ८ गते साँझ बिहुँ चौकीबाट पक्राउ गरिएका दुई अभियुक्तहरुलाई थप कार्बाहीका लागी जिल्ला प्रहरी कार्यालय बागलुङ पठाईएकोमा अनुसन्धानका क्रममा थप एक जना समेत संलग्न रहेको खुलेपछी निजलाई समेत नियन्त्रणमा लिएर तिनै जनालाई डाँका चोरी र लागु औषध सम्वन्धी मुद्दामा जिल्ला अदालतबाट म्याद थपी थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
काठेखोला गाउपालिका-६ बिहुँ इनारपानीका खिमानन्द कँडेलको केराबारी फलफूल तथा किराना पसलबाट फागुन ११ गते राति र ऐ वडा नं ६ हटियाका छबिलाल कँडेलको किराना पसलबाट यहि चैत ३ गते राति कोठाको ताला फोडी नगद धनमाल सहित चोरी भएको घटनाका सम्वन्धमा प्रहरी टोलीको अनुसन्धानको क्रममा काठेखोला ५ बिहुँका हर्कबहादुर सुनार, अर्का गौतम सुनार (नाम परिवर्तित) र म्याग्दी जिल्ला मालिका गाउपालिका रुमका कमल रोकाको संलग्नता रहेका खुल्न आएकाले निजहरुलाई नियन्त्रण लिएर खानतलासी गर्दा हर्कबहादुर सुनारको साथबाट नगद रु ५१ हजार १५० र रु ३ हजार ७ सय बराबरको रिचार्ज कार्ड, गौतम सुनार (परिवर्तित नाम)को साथ बाट नगद रु ८ हजार ३६० र ५ सय ५० को रिचार्ज कार्डहरु र म्याग्दी रुमका कमल रोकाले बोकेको झोला शरीरु खानतलासी गर्दा लागु औषध गाँजाको धुलो २०५ ग्राम निजको कोठाबाट नगद रु ३ हजार ८४५ र रु ३५० बराबको रिचार्ज कार्ड, ४ रतिको सुनका टुक्रा २, र फलामको दाउ समेत बरामद भएको प्रहरीले जनाएको छ ।