Sorry, that menu does not exist.
 

सदरमुकामका चार परीक्षा केन्द्रहरुको समन्वय समितिव्दारा निरीक्षण : परीक्षा शान्तिपूर्ण !

बागलुङ २०७५ चैत ११ । माध्यमिक शिक्षा परीक्षा (SEE)को आज दोश्रो दिन परीक्षार्थीहरुले नेपाली विषयको परीक्षा दिएका छन् । जिल्लाका ३१ केन्द्रहरुबाट ५ हजार ५ सय २२ परीक्षार्थीहरु परीक्षामा सहभागी भएका छन् । आज सम्पन्न नेपाली विषयको परीक्षा शान्तिपूर्ण एवं मर्यादितरुपमा सम्पन्न भएको केन्द्राध्यक्षहरुले जानकारी दिएका छन् ।

जिल्ला परीक्षा समन्वय समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेल, जिल्ला प्रहरी कार्यालय बागलुङ प्रहरी उपरीक्षक कृष्णहरि शर्मा, शिक्षा विकास तथा समन्वय ईकाईका अधिकृत सरिता शर्मा, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत धीरेन्द्रराज पन्त सहितको टोलीले आज विहान जिल्ला सदरमुकामका चार परीक्षा केन्द्रहरु निरीक्षण गरेको छ ।

टोलीले आज बिद्यामन्दिर माध्यमिक विद्यालय, धवलागिरी वीरेन्द्र माध्यमिक बिद्यालय, कालिका कन्या मन्दिर माध्यमिक बिद्यालय र न्यू उभरेष्ट एकेडमी केन्द्रहरुको निरीक्षण गरेको हो ।

जिल्लाका परीक्षा केन्द्रहरु मध्य सर्वाधिक परीक्षार्थीहरुले परीक्षा दिईरहेको विद्यामन्दिर केन्द्रका प्रमुख प्रधानाध्यापक जगन्नाथ आचार्यले परीक्षा शान्तिपूण मर्यादितरुपमा सम्पन्न भएको जानकारी गरए । यस्तै धवलागिरी वीरेन्द्र माविक केन्द्रकी केन्द्राध्यक्ष प्रधानाध्यापिका बिमला गुरुङले पनि परीक्षा शान्तिपूर्व सम्पन्न भएको जानकारी दिईन ।

जिल्लाका दुई परीक्षा केन्द्रहरु धवालगिरी वीरेन्द्र मावि र धारा मावि तग्राम केन्द्रमा दुई पहिला प्रधानाध्यापिकाहरु केन्द्राध्यक्ष रहेका छन् ।

धवालागिरी वीरेन्द्र मावि केन्द्रमा प्रहरी सहायक निरीक्षक अनू राईको कमाण्डमा सबै महिला प्रहरीहरुबाट परीक्षामा सुरक्षा दिने व्यवस्था मिलाईएको प्रहरी उपरीक्षक कृष्णहरि शर्माले बताए ।

कालिका कन्या मन्दिर मावि परीक्षा केन्द्रका केन्द्राध्यक्ष धनराज सापकोटा र न्यू एभरेष्ट एकेडमी केन्द्रका केन्द्राध्यक्ष कृष्णबहादुर अधिकारीले पनि आज नेपाली विषयको परीक्षा सौहाद्रपूर्ण वातावरणमा सम्पन्न भएको बताएका छन् ।

निरीक्षण पश्चात जिल्ला परीक्षा समन्वय समितिका अध्यक्ष एवं प्रजिअ खरेलले आज निरीक्षण गरिएका चारै परीक्षाकेन्द्रहरुमा सन्चालित परीक्षा अपेक्षाकृत शान्तिपूर्ण रुपमा सन्चालन भएको ईबागलुङलाई जानकारी दिए ।

स्मरणीयछ, बिद्यामन्दिर केन्द्रबाट ३९३, धवलागिरी वीरेन्द्र केन्द्रबाट १५२, कालिका कन्या मन्दिर केन्द्रबाट ३४४ र न्यू एभरेष्ट एकेडमी केन्द्रबाट ३४९ जना परीक्षार्थीले परीक्षा दिईरहेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply