Sorry, that menu does not exist.
 

हिमपातले ढोरपाटन उपत्यकामा आलु रोप्न एक महिना ढिलाई : अहिले स्थानीयलाई भ्याईनभ्याई !

छविलाल पाण्डे, ढोरपाटन बागलुङ २०७५ चैत १२ । ढोरपाटन क्षेत्रमा कृषकहरुले यस बर्ष करिब एक महिना पछि आलु रोप्न सुरु गरेका छन् । माघ र फागुन महिनाको अन्तिम सातासम्म परेको हिँउ नपग्लिएका हुनाले स्थानीयहरुले चैत दोश्रो सातादेखि आलु रोप्न सुरु गरेका हुन् ।

ढोरपाटनबाट सहकर्मी दिलमायाँ अदैले यतिखेर सबैलाई आलुको बीउ रोप्न भ्याईनभ्याई छ, घरपरिवार थोरै हुनेले ज्यालामा मानिस खोजेर आलु लगाई रहेका छन् । अबको तीन चार दिनमा भ्याईन्छ भन्ने विश्वास व्यक्त गरिन् । हिउँ नै नपग्लिएपछी आलुको बीउ रोप्न ढीला भएकोले अहिले चटारो परेको पनि उनले बताईन् ।

कृषकहरुले ढोरपाटन नगरपालिकाको नौथर, पाखाथर, नवी, काँग, मस, बिजा, छ्यान्तुङ, निसीखोला गाउँपालिकाको निेललढोर लगाएतका क्षेत्रमा कृषहरुलाई आलु रोप्ने चटारो छ । चिसो छल्न पशु चौपाया सहित गाउँ झरेका स्थानिय बासिन्दा गर्मी बढेपछी पशुचौपाँया लिएर ढोरपाटन पुगेर आलु रोप्न व्यस्त रहेको स्थानीयले बताए ।

ढोरपाटनको आलु देशका मुख्य शहरहरुमा गाउँबाटै पुग्ने गरेपछि स्थानिय कृषहरुको राम्रो आम्दानीको श्रोत बन्दै गएको छ । ढोरपाटन उपत्यका आसपासका क्षेत्रमा मात्रै करिब २५ सय रोपनी क्षेत्रफलमा आलु खेती लगाउने गरिएको र ढोरपाटन, निसेल ढोर लगाएतका सबै क्षेत्रमा गरी करिब ९० हजार केजी आलुको विउ लगाउने गरेको प्रधानमन्त्री कृषि परियोजना व्दारा सञ्चालित ढोरपाटन आलु पकेट क्षेत्र कार्यक्रमका सचिब होमलाल भुसालले बताए ।

ढोरपाटनमा रैथाने जातको आलु सँगै खुमल रातो, कार्डिनल, खुमल सेतो, निलो जातका आलु उत्पादन गर्ने गरिन्छ । यतिबेला मौसमले साथ दिएका कारण अधिकाँश कृषहरुले आलु लगाउन सुरु गरीसकेको र चैत १५ सम्म विउ लगाइसक्ने भुसालको भनाइ छ ।

तस्वीर- धीरज बिक्रम खड्का ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply