बागलुङ २०७५ चैत १३ । बागलुङ बजारमा म्याद सकिएको वियर एवं पेय पदार्थहरु बिक्रि वितरण भईरहेकोले सजक हुन उपभोक्ता मञ्च बागलुङले सबैलाई आग्रह गरेको छ । किंगफिशर वियरको प्रयोग गरिसक्नु पर्ने म्याद सन २०१८ नवेम्वर १८ तारीख उल्लेख छ ।
मानव स्वास्थ्यमा प्रतिकुल असर पर्ने खालका किंगफिसर बियर एवं पेय पदार्थहरु बागलुङका पसलहरुबाट म्याद सकिएको अवस्थामा बिक्रि बिरतण भैरहेको फेला परेकोले सचेत हुन राष्ट्रिय उपभोक्ता मञ्च बागलुङ एक प्रेस विज्ञप्ती प्रकाशित गरी आग्रह गरेको छ ।
म्याद नाघेका बिभिन्न ब्राण्डका वियर तथा पेय पदार्थहरु बिक्रि वितरण भईरहेकोले जिल्लाभित्रका व्यापारी, होटल, लजहरुले त्यस्ता बस्तुहरु कम्पन्नीमा फिर्ता गरी नष्ट गर्न मञ्चका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठद्धारा हस्ताक्षरित बिज्ञप्तीमा उल्लेख गरिएको छ । उपभोक्ता संरक्षण ऐन २०५४ नियमावली २०५६ बमोजिम उपभोक्ताको स्वास्थ्यमा प्रत्येक्ष वा अप्रत्येक्ष रुपमा असर पर्ने खालका गतिविधि गर्न नपाई कानुनी व्यवस्था भए अनुसार म्याद नाघेका बस्तु बिक्रि बितरण नगर्न अनुरोध गरिएको छ ।
अनुगमनको क्रममा एक हप्ता अगाडि गल्कोट क्षेत्रका करिव १५ लाख रुपैय“ा बरावरको म्याद सकिएको कि◊फिसर बियर पाईएको र त्यही बियर बागलुङ बजारमा समेत फेला परेकोले तत्काल हटाउन श्रेष्ठले बिज्ञप्ती मार्फत आग्रह गरेका हुन् । आगामी दिनमा अनुगमनको क्रममा त्यस्ता म्याद नाघेका बस्तुहरु फेला परेमा कानुन बमोजिम कारबाही गरिने बताईएको छ । यस बिषयमा प्रशासन,प्रहरी र स्थानीय तहलाई समेत ध्यानाकर्षण गराईएको विज्ञप्तीमा उल्लेख गरिएको छ । बागलुङ बजारका पसलहरुमा फेला परेको किंगफिशर वियरमा सन २०१८ सम्म प्रयोग गर्न सकिने उल्लेख छ ।
तर अहिले सम्म यस्ता म्याद गुज्रिएर वियर लगायतका पेय पदार्थहरु, चाउचाउ लगायतका बस्तुहरु कुनै व्यापारीहरुको पसलबाट बरामद गरिएपनि हाल सम्म कोही कसैलाई कुनै कार्बाही गरिएको रिकर्ड बागलुङमा छैन । त्यस्ता अखाद्य बस्तुहरु बरामद भएमा उही अनुगमन समितिले जोरजाम गरी नष्ट गर्ने परम्परा बागलुङ जिल्लामा रहि आएको छ ।
केहि महिना पहिले गल्कोट महोत्सवका अवसरमा बिक्रीका लागी ल्याईएको किंगफिशर बियर गल्कोटमा बिक्री नभएपछी बागलुङ सदरमुकामका पसलहरुमा ल्याएर विक्री भैरहेको श्रोतको दाबी छ । चैत दशै मेला निकट रहेको अवस्थामा विक्री वितरण हुने विश्वास व्यापारीहरुले लिएको बुझिएको छ ।
उपभोक्ता मन्च बागलुङव्दार प्रकाशित विज्ञप्ती
तस्वीर : उपभोक्ता मन्चले अनुगमन गर्दा स्थानीय व्यापारीको पसलबाट बरामद गरिएको म्याद गुज्रिएको किंगफिशर वियर । तस्वीर- उपभोक्ता मन्च, बागलुङ ।