निर्मल पौडेल, पर्वत २०७५ चैत १४ । पर्वतको जलजला गाउँपालिकामा किसानहरुले उत्पादन गरेको तरकारीले वजार नपाएपछी करेसावारीमै कुहिएर लाखौँको क्षती भएको छ । जलजला गाउँपालिका ६ शालिजाका किसानहरुले व्यावसायिक रुपमा लगाएको काउली र वन्दाले वजार नपाउँदा २ लाख भन्दा वढीको क्षती भएको हो । जलजलामा उत्पादन हुने तरकारी जिल्ला सदरमुकाम कुस्मा वजार, वागलुङ वजार, र वेनी वजारमा खपत हुने गरेको भएपनि पछिल्लो समय यी वजारमा वाह्य उत्पादनले प्रशय पाउँदा स्थानिय किसानहरुले महिनौ देखी मिहेनत गरी उत्पादन गरेको तरकारी बारीमै खेर गएको हो ।
यतिवेला धौलागिरीका यी मुख्य वजारहरुमा पोखरा लगायतका शहरहरुवाट तरकारी आयात हुने गरेको छ । कुस्मा वजारमा पनि कुस्मा नगरपालिका भित्रका खुर्कोट र ज्ञादीमा उत्पादन भएको तरकारी थोरैमात्रमा खपत भएपनि अन्यत्रवाट भित्रन नरोकिएकाले आफ्नो दुख अनुसार वजारभाउ नपाएको ज्ञादीका कृषक शान्ति पिसीले वताइन् ।
गाउँमै केही गर्नुपर्छ भन्ने मनसायले तरकारी खेतीमा भविष्य देखेर वैदेशिक रोजगारीमा जान दलाललाई दिएको राहदानी समेत फर्काएर गराभरी वन्दा काउली फलाएका जलजलाका युवा किसानहरु तरकारी त्यतीकै कुहिएर जाँदा साहै्र मर्कामा परेका छन् । गराभरी तरकारी त्यसै कुहिएर गएपछी गराहरु पन्छाएर मकै छर्नुपरेको अर्का किसान कृष्ण भुसालको दुखेसो छ ।
पोहोर परार गाउँमै व्यापारीहरु तरकारी खोज्दै वारीमा पुग्ने गर्दथे तर अहिले अन्यत्र वाट भित्रिने तरकारीहरु सस्तोमा पाएपछि व्यापारीहरु जान छाडेका छन् । त्यस्तै कृषक आँफैले वजारमा पु¥याएर वेच्न खोज्दा वजार भाउ नपाएको र तरकारी राख्ननै व्यापारीहरु नमानेको जलजला ६ शालिजाका किसान दिपक सुवेदीले वताए ।
अहिले वजारमा काउलीको प्रतिकेजी रु ५० देखी ६० —७० सम्ममा व्यापारीहरुले विक्रि गर्दै आइरहेका छन् । त्यहि काउली किसानहरु संग खरिद गर्दा २५—३० रुपैयामा गर्ने गरेको कुस्माका एक व्यापारीले वताए । वन्दा भने किसानहरुसंग ५ देखी १० —१५ रुपैँयामा लिने र ३०—३५ रुपैया देखी ४० रुपँैया सम्ममा वेच्ने गरेका छन् । यसरी हेर्दा किसानहरु र उपभोक्ता समेत प्रत्यक्ष मर्कामा परेका छन् । गाउँपालिका कार्यलयहरु भने स्थानिय कृषि उत्पादनलाई प्राथामिकतामा राखेको वताउँदै आइरहेका छन् ।