Sorry, that menu does not exist.
 

देशको अस्थिर राजनीतिले गर्दा विदेशमा रोजगारका लागि युवा पलायन हुुनुपर्ने बाध्यता -नगरप्रमुख गैरे

गुमानसिँह भण्डारी, गल्कोट २०७५ चैत १५ । प्रवासबाट आर्जित सिप ,ज्ञान र पुजी स्वदेशका लागि भन्ने मुल उदेश्यका साथ स्थापना भएको रिटरनी माइग्रेट नेपाल बागलुङ जिल्ला सम्मेलनको उदघाटन गर्दै गल्कोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले देशको अस्थिर राजनीतिले गर्दा विदेशमा रोजगारका लागि युवा पलायन हुुनुपर्ने बाध्यता रहेका बताए ।

विदेशमा रोजगार गरी स्वदेशमा आएर केही गर्छु भन्ने सोचका साथ स्थापना भएको रिटरनी माईग्रेड प्रति आफुले गर्व गर्ने उनको भनाई छ । गैरेले स्वदेशमै केहि गर्ने सोच भएकाहरु संस्था भएका कारण नगरपालिका संस्थासँग सहकार्य गरेर अगाडि बढन तयार भएको पनि बताए ।

त्यस्तै बिदेशबाट फर्कीएर देशमा केही उद्यम गर्न चाहने युवाहरुलाई सरकारले प्रदान गर्ने भनेको सहुलियत कर्जा लिने प्रक्रीया निकै झन्झटीलो भएको संस्थाका केन्द्रिय महासचिव लक्ष्मी प्रसाद आचार्यले बताए । उनले सरकारले बिदेशबाट फर्कर्ने युवाहरुको सामान लुटने गरेको आरोप समेत लगाए । स्वदेशमै रोजगारी सिर्जना गर्न त सकेको छैन बिदेशबाट फर्कर्ने युवाहरुले ल्याउने मिठाईका पोका समेत सरकारले एरपोर्टमै खोस्ने गरेको उनको दुखेसो थिया ।

कार्यक्रममा गल्कोट नगरपालिका वडा नम्बर ३ का अध्यक्ष बिरजङ भण्डारी, नेकपा गल्कोटका तिलक उप्रेती, नेपाली काग्रेसका ढालिन्द्रप्रसाद गौतम लगायतले मन्तब्य राखेका थिए । कार्यक्रम दिपेश बिसीको अध्यक्षता र दिपक पाण्डेको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply